खोजि गर्नुहोस..

बाँसगढीमा बाघको आक्रमणबाट महिलाको मृत्युु

हुुम कुुमार चोधरी

बर्दियाको बाँसगढीमा बाघको आक्रमण बाट एक महिलाको ज्यान गएको छ । बाँसगढी नगरपालिका ४ स्थित जनचेतना सामुदायीक बन उपभोक्ता समिति मगरपुरको बनमा बाघको आक्रमणबाट बाँके बैजनाथ गाउँपालिका वडा न ८ हस्नापुर निवासी अन्दाजी ३५ वर्षिय मनिसा रोकायको ज्यान गएको हो । आज बिहिबार दिउसो २ बजेको समयमा सामुुदायिक वनमा पिसाव गर्न गएकी रोकायको बाघको आक्रमणबाट घट्ना स्थलमा नै ज्यान गएको ईलाका प्रहरी कार्यालय मोतिपुरले जनाएको छ । मृत महिला बर्दिया बाँसगढी दिदिको घर आउनुु भएको थियो । बाँसगढी बजारबाट घर घुम्दै गर्दा सामुदायीक बनमा पीसाव गर्न (सौच) जाँदा बाघले आक्रमण गरेको सगै रहेकी दिदिलाई उदृढ गर्दै ईलाका प्रहरी कार्यालय मोतिपुरका प्रहरी निरिक्षक रुपेश साहले जानकारी दिनु भयो । महिलाको घाँटीमा बाघले आक्रमण गरेको छ । महिलाको शव पोष्टमार्टको लागि सदरमुुुकाम गुुलरिया पठाईएको र थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *