खोजि गर्नुहोस..

नेकपा एमाले बर्दियाको १०औँ जिल्ला अधिबेशन गुलरीयामा (भोली) मंगलबार उद्घाटन हुने

अनोज थारु, बैशाख १७ गते
बर्दिया जिल्ला अधिबेशनको नेकपा एमालेका केन्द्रिय अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली द्धारा बिधिगत रुपमा उद्घाटन हुने भएको छ । अधिबेशनको पुर्व सन्ध्यामा आज पत्रकार सम्मेलन मार्फत सबै तयारी पुरा भएको र पार्टीका केन्द्रिय अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको नेकपा एमाले बर्दिया जिल्ला अध्यक्ष लालबहादुर श्रेष्ठले उक्त कुराको जानकारी गराउनु भएको हो ।

सिङगो जिल्लालाई प्रतिनिधित्व हुने गरी बर्दियाको ७५ वटा वडाबाट २५ जना बराबर १ जना र ५० प्रतिशत भन्दा बढी भएमा थप १ जना सदस्य सहभागि गराउने र सहभागि मध्ये समाबेशिताको आधारमा अधिबेशनमा प्रतिनिधित्व गराउने अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

१०औँ जिल्ला अधिबेशनमा जिल्लाभरीका करिव तीन हजार पाँच सय सदस्यहरुको उपस्थितिमा जिल्ला अधिबेशनबाट नयाँ कार्यसमिति समेत चयन गरीने जनाइएको छ । पत्रकार सम्मेलनमा पार्टीको महत्व र आवश्यताको बारेमा जानकारी गराउदै नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी बर्दियाका उपाध्यक्ष सालिकराम अधिकारीले स्वागत मन्तब्य राख्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *