खोजि गर्नुहोस..

ज्ञान ज्योति बिद्या सदन बाँसगढीको १७ औँ बार्षिक उत्सव भब्य

अनोज थारु, चैत २९ गते /
ज्ञान ज्योति बिद्या सदन बाँसगढीले आज आफ्नो १७ औँ बार्षिक उत्सव संगै, बार्षिक नतिजा प्रकाशन गरेको छ । बि.स २०६४ सालमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना भएको ज्ञान ज्योति बिद्या सदनले सयौँ अभिभावकहरुको मन जित्दै १७ औँ बसन्त पार गरेको हो । बार्षिक उत्सवकै अवसरमा २०८० सालको बार्षिक नतिजा समेत प्रकाश गरेको छ । कार्यक्रममा बिद्यालयको बारेमा संस्थापक केशवराज पौडेलले जानकारी गराउनु भएको थियो ।

पौडेलले ब्यक्तिगत र पारीवारीक स्वार्थ भन्दा पनि सामाजको हित र कल्याणको लागि बिद्यालयको स्थापना गरेको बताउनु भयो । ९० जना बिद्यार्थीबाट सन्चालन भएको ज्ञान ज्योति बिद्या सदनमा अहिले चार सय ५० जना बिद्यार्थीहरु र १९ जना शिक्षकहरु रहेका छन् । बिद्यालयमा अध्यापनको निम्ति तीन÷तीन तलाको तीन वटा सुबिधा सम्पन्न भवन, शुद्ध खानेपानीको ब्यवस्था साथै शिशु र नर्सरीमा भर्ना हुने बिद्यार्थीहरुको लागि बालमैत्री सामाग्रीको समेत ब्यवस्था रहेको संस्थापक पौडेलको भनाई छ । कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै बाँसगढी नगरपालिकाका शिक्षा शाखा प्रमुख मन प्रसाद रेग्मीले अभिभावकहरुले आफ्ना छोराछोरी परिक्षामा प्रथम, द्धतीय र तृतिय भएन्न अथवा छोराछोरीलाई इन्जिनियर, डक्टर, पाईलट बनाउने मात्रै सपना देख्ने गर्दछन् । तर छोराछोरीको रुचि, चाहाना के हो त्यो बारे अभिभावकहरुले बुझन नचाहेको कुरामा जोड् दिनु भयो ।।

सबैजना पैसा कमाउन कै लागि आफ्ना छोराछोरीलाई डक्टर, इन्जिनियर र पाईलट बनाउन खोज्नु भन्दा पनि बच्चाको रुचि र चाहाना अनुसार अभिभावकहरुले काम गर्न दिने हो भने बच्चा आफ्नो जिवनमा सफलता हासील गर्ने बताउनु भयो । ज्ञान ज्योति बिद्या सदनका संस्थापक केशवराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बाँसगढी नगरपालिकाका शिक्षा शासा प्रमुख मन प्रसाद रेग्मी रहनु भएको थियो । त्यसैगरी बाँसगढी वडा नं ५ का वडाअध्यक्ष दहवा थारु, बाँसगढी उद्योग बाणिंज्य संघका अध्यक्ष बद्रीबराल,लेखा समिति संयोजक दिलु पौडेल, बाँसगढी बहुमुखी क्याम्पसका पूर्व अध्यक्ष सविन थापा, ने।रा।मा।बि बाँसगढीका प्रधानाध्यापक निराजन चापागाई लगायत बिभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, समाजसेवी, शिक्षाक, बिद्यार्थी र अभिभावक लगायतको उपस्थिति रहेको थियो । बिद्यालयले हरेक शुक्रबार पढाई संगसंगै अतिरिक्ता क्रियाकलाप समेत गर्दै आएकोमा बिहिबार प्रथम, द्धितिय र तृतिय हुने बिद्यार्थीहरुलाई करिव ७ सय वटा पुरस्कार समेत प्रदान गरेको छ । साथै यस बर्षको बैशाख १ गते भर्ना हुने बिद्यार्थीलाई पाँच सय रुपैँया छुटको समेत ब्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *