खोजि गर्नुहोस..

बर्दियामा ट्राफिक प्रहरीको लिडार स्पीड गण चेकीङ्ग सुरु

हुम कुमार चौधरी ।
बर्दियामा ट्राफिक प्रहरीले लिडार स्पीड गण चेकीङ्ग सुरु गरेको छ । तिव्र गतिका कारण हुन सक्ने सवारी दुर्घटना न्युनिकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाले लिडार स्पीड गण चेकीङ्ग सुरु गरेको हो । पुर्व पश्चिम महेन्द्र राजमार्ग र हुलाकी राजमार्ग अन्तर्गत पहिलो दिन बुधबार ट्राफिक नियम उल्लंघन गर्दै तिव्र गतिमा सवारी चलाउने ३५ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरी प्रमुख प्रहरी नायव निरिक्षक ओम बहादुर खड्काले जानकारी दिनुभयो ।

ट्राफिक नियम अनुसार राजर्माग क्षेत्रमा बढीमा ६० र बाक्लो बस्ति भएको ठाँउमा बढीमा ४० किलोमिटर प्रति घण्टा सवारी साधन चलाउनु पर्ने निमय रहेको छ ।सवारी चालकहरुलाई तिव्र गतिमा सवारी साधन नचलाउन र ट्राफिक नियमको पालना गरि सुरक्षित यात्रा गर्न ट्राफिक प्रहरीले अनुरोध समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *