खोजि गर्नुहोस..

बाँसगढीका २४ जना महिलाहरुलाई लेखा ब्यवस्थापन संम्बन्धी तालिम

अनोज थारु,चैत १७ गते

बर्दियाको बाँसगढीमा लेखा ब्यवस्थापन समितिका २४ जना महिलाहरुलाई तीन दिने तालिम दिइएको छ । एक्सनएड नेपालको आर्थिक सहयोग र राधाकृष्ण थारु जनसेवा केन्द्रको आयोजनमा उक्त तालिम दिइएको हो । संस्थाले स्थानीय अधिकार कार्यक्रम अन्र्तगत बाँसगढीको वडा नं २, ३, ८ र ९ मा रहेका बिपन्न, दलित, पिछाडिएका र सिमान्तकृत समुदायमा १२ वटा महिला समुह गठन गरेको छ ।

सोही समुहका कोषाध्यक्ष र सचिव गरी ११ वटा समुहका २४ जना महिलाहरु सहभागि भएका थिए । यो तालिमले महिला दिदिबहिनीहरु समुहमा बैठक बस्दा माईन्युट, प्रस्तावना कसरी लेख्ने, समुहको हरहिसाव चुस्त, दुरुस्त र पारदर्शिता कसरी गर्ने, नगरपालिकाबाट केही कुरा माग गर्नु प¥यो अथवा नगरले केही सूचना निकाल्यो भने त्यसको माग कसरी गर्ने भन्ने जस्ता कुराहरु सिकाउने उद्देश्यले तालिमको आयोजना गरेको संस्थाका सामाजिक परिचालक ममत माझीले बताउनु भयो ।

२०८० साल जेठमा गठन भएको १२ वटा समुहलाई संस्थाले समुह ब्यवस्थापनको लागि गुन्द्री, बाकस, हिसाव खाता र पासबुक उपलब्ध गराएको छ । १२ वटै महिला समुहहरु मासिक बैठक बसेर २० देखि १०० रुपैँया सम्म बचत गरेर समुह भित्रै १ प्रतिशतले ऋण लगानी गर्दछन् । यि महिला समुहहरु राम्रोसंग अगाडी बढ्दै गयो भने आउने दिनमा संस्थाले समुहलाई सहयोग गर्दै जाने संस्थाका सामाजिक परिचालक ममत माझीले बताउनु भयो । तीन दिने तालिमको प्रशिक्षण शैलेन्द्र मचगैयाले गुर्न भएको थियो । भने कार्यक्रम संन्चालन संस्थाका सामाजिक परिचालिका रिना थारुले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *