खोजि गर्नुहोस..

बाँसगढी भैँसासुर धार्मिक महामहोत्सव सुरु


हुम कुमार चौधरी ।
खड्कदेवी शिव मन्दिरमा बाँसगढी भैँसासुर धार्मिक महामहोत्सव २०८० सुरु भएको छ । खड्कदेवी शिव मन्दिर भैँसासुरमा सुविधा सम्पन्न सतसंग भवन निर्माणार्थ धार्मिक महामहोत्वसको आयोजना गरिएको हो । धार्मिक महामहोत्सवको बाँसगढी ८ भैँसासुरका ९८ वर्षिय जेष्ठ नागरिक बालधर चन्द ठकुरीले दियो बालेर उद्टघाटन गर्नु भएको हो । चैत २३ गते मन्दिर परिसरबाट बाँजागाजा सहित निस्केको कलश यात्रा रिहारपुर हुदै महाँमहोत्सव स्थालमा पुगेको थियो । खड्कदेवी शिव मन्दिरमा सुविधा सम्मन्न सतसंग भवन नभएकोले भजन कृतन गर्न समस्या हुने भएकोले भवन निर्माणको लागि धार्मिक महामहोत्सव आयोजना गरिएको मुल समारोह समितिका संयोजक हरिलाल ढकालले बताउनु भयो ।

धार्मिक महाँमहोत्सव ७ दिन संचालन हुने छ । धार्मिक महामहोत्सवमा कथा बाचक धिरेन्द्र अर्यालले धार्मी प्रवचन गर्ने आयोजक समितिले जनाएको छ । महायज्ञमा विराट धनधान्य महाँपर्व, पिर्तमुक्तिको पुजा, संगितमय भजनकृतन, श्रीमद भागवत कथा, प्रवचन, गौदान रुद्रिपाठ, तुलादान भुमिदान, चौरासी पुजा, ग्रहशान्ति, लाखवत्ति, महालक्ष्मि पुजा र विवाह कार्यक्रम रहेको छ । त्यसैगरी प्रत्येक दिन विहान ७ बजे देखि पुजा र विहान ८ बजेदेखि पाठप्रायण, प्रत्येक दिन विहान ११ बजे देखि ४ बजे सम्म कथा प्रवचन झाकी प्रदर्शन कार्यक्रम गरिने आयोजक समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *