खोजि गर्नुहोस..

विद्यार्थीलाई वित्तिय साक्षरता कार्यक्रम सञ्चालन

 जनज्योति माध्यमिक विद्यालयमा  विद्यार्थीहरूका लागि वित्तिय साक्षरता कार्यक्रम सञ्चालन  गरिएको छ ।  ग्लोबल आईएमई क्यापिटल लिमिटेड र ग्लोबल आइएमई बैंकले संयुक्त रुपमा विद्यार्थीहरूका लागि  साक्षरता कार्यक्रम सञ्चालन  गरिएको हो ।

“Global Money Week-2024” Protect your money, secure your future भन्ने नाराका साथ व्यवस्थापन  संकायमा अध्ययन गर्ने सय भन्दा बढी विद्यार्थीहरूलाई उक्त साक्षरता सम्बन्धी जानकारी गराइएको ग्लोबल आईएमई बैंक गुलरिया शाखाले जनाएको छ ।

कार्यक्रममा ग्लोबल आईएमई क्यापिटल लिमिटेड मर्चेन्ट बैंकिङ्ग डिपार्टमेन्टका तर्फबाट कर्मचारी विजेता शाक्य र इन्भेष्टमेन्ट बैंकिङ्गका तर्फबाट कर्मचारी अनुशा हमालले धितोपत्र बजार, शेयर बजार, डिम्याट खाता, सेभिङ र इन्भेष्टमेन्टबीच फरक लगायत विषयमा उपस्थित विद्यार्थीहरूलाई व्यापक जानकारी गराएका थिए । साथै ग्लोबल आईएमई बैंक लिमिटेड, गुलरिया शाखाले पनि आफ्नो वित्तिय साक्षरता कार्यक्रम अन्तर्गत उपस्थित विद्यार्थीहरूलाई Financial Literacy/Digital Banking लगायत बैंकिंग को महत्त्वबारे प्रकाश पारेको थियो ।

कार्यक्रममा जनज्योति माध्यामिक विद्यालयका  प्रिन्सिपल निर्मल उपाध्याय, शिक्षक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो । विद्यार्थीहरूको लागि क्यापिटल ले आयोजना गरेको वित्तिय साक्षरता कार्यक्रम प्रशंसायोग्य रहेको प्रिन्सिपल उपाध्यायले धारणा व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *