खोजि गर्नुहोस..

बाँसगढी महोत्सवमा ७० लाख बढीको कारोबार सार्वजनिक

विन्दु चौधरी,
बाँसगढी उद्योग बाणिज्य संघले आयोजना गरेको बाँसगढी माघ महोत्सवमा ७० लाख बढीको आर्थिक कारोबार भएको छ । गएको पुष २९ गतेदेखि माघ ९ गते सम्म संचालित वाइवाई छैठौँ बाँसगढी औद्योगिक कृर्षि पर्यटन, ब्यापार मेला तथा बर्दिया माघ महोत्सवमा ७० लाख १७ हजार ३० रुपैया कुल कारोवार गरेको सार्वजनिक गरेको हो । मेलाको आयब्यय सार्वजिक सुनुवाई कार्यक्रममा संघका कोषाअध्यक्ष शेर बहादुर सुनारले आयब्यय प्रस्तुत गर्दै मेलामा ४७ लाख ४४ हजार ४ सय ९९ रुपैया खर्च रहेको र २२ लाख ७२ हजार ५ सय ३१ रुपैया आम्दानी तर्फको बचत भएको बताउनुभयो । आज एक कार्यक्रमको आयोजना गरि मेलाको आम्दानी र खर्चको विवरण सार्वजनिक गरेको हो । मेलामा प्रवेश टिकट विक्रिबाट ४० लाख ९६ हजार ५ सय ९० रुपैया, प्रयोजक र सहप्रयोजकबाट ३ लाख ५ हजार ९ सय ५० रुपैया, उप मुुख्य प्रायोजकबाट एक लाख २६ हजार रुपैया, अफिसियल होटलबाट ४५ हजार ५ सय ३४ रुपैया, थारु गाउँ टिकट विक्रिबाट ७९ हजार ७ सय रुपैया, ठेकेदार मेलाबाट ११ लाख ४० हजार, शुभकामना ब्यानरबाट ४ लाख २ हजार रुपैया, बर्दिया डान्स आइडल प्रयोजकबाट १४ हजार रुपैया, बर्दिया डान्स आइडल फारम विक्रिबाट १२ हजार ३ सय रुपैया आम्दानी भएको छ । आम्दानी भएको रकममध्ये ६ लाख ५७ हजार ४ रुपैया रकम भुक्तानी लिन बाँकी रहेको छ । मेलाबाट वचत भएको रकम संघको निर्मानाधिन भवन निर्माण, व्यवस्थित रुपमा कार्यालय सञ्चालनका लागि खर्च गरिने संघका अध्यक्ष बद्रिनाथ बरालले बताउनुभयो । मेलाको आयब्यय सार्वजिक सुनुवाई कार्यक्रममा बाँसगढी ५ का वडाअध्यक्ष दहवा थारु, नेपाली कांग्रेसका नगर सभापति लोहारी थारु, मेला सल्लाहकार तथा सफल ब्यवसायी विपिन पौडेल, शिक्षक बलराम भुजेल लगाएतले आफनो सल्हाव सुझाव ब्यक्त गरेका थिए । संघका महासचिव विकास गौतमले संचालन गरेको कार्यक्रमको स्वागत वरिष्ठ उपाध्यक्ष शिव देवकोटाले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *