खोजि गर्नुहोस..

पशु बाँझोपनको समस्यालाई समाधान गर्न बाँसगढीमा डोर टु डोर कार्यक्रम

चैत २ गते
पशु बाँझोपनको समस्यालाई समाधान गर्न बाँसगढी नगरपालिकामा २ दिने डोर टु डोर कार्यक्रम शुरु भएको छ । बाँसगढी नगरपालिका पशु सेवा शाखा कार्यालयको समन्वय र एकिकृत पशुपन्छि बिकास कार्यालय बर्दियोको आयोजनामा दक्ष पशु प्रजनन् प्राबिधिकहरु डोर टु डोर पुगेर सेवा दिन शुरु गरेका छन् । २ दिने डोर टु डोर कार्यक्रममा बोल्दै बाँसगढीका नगर प्रमुख खडक बहादुर खड्काले पशु पालक किसानहरुले पालेको पशुमा बाँझोपन बढ्दै गएको कारण किसानहरु समस्यामा पर्न थालेपछि दक्ष पशु प्रजनन् बिज्ञबाट किसानको घर घरमै पुगेर सेवा दिन लागेको बताउनु भयो । यस कार्यक्रमले पशु पालक किसानहरुको पशुमा देखिएको बाझोपनको समस्या अन्त्य हुने समेत आपेक्षा गरीएको नगर प्रमुख खड्काले बताउनु भयो ।

त्यसैगरी एकिकृत पशुपंन्छि बिकास कार्यालय बर्दियोको बार्षिक कार्यक्रम अन्तर बाँसगढी नगरपालिकाको माग अनुसार डोर टु डोर कार्यक्रम गर्न लागेको एकिकृत पशुपंन्छि बिकास कार्यालयका पशु चिकित्सक डाक्टर अनिल कुमार शर्माले बताउनु भयो । बाँसगढी नगरपालिकामा करिव ६० देखि १०० वटा बाँझो गाई भैसीको चेकजाँच तथा औषधी उपचार गर्न पशु प्रजनन् बिज्ञ डाक्टर लक्ष्मण घिमिरे सहित डोर टु डोर जाने गरेको बताउनु भयो । यसकार्यक्रम बाट बाँसगढी नगरपालिकामा पशु बाँझोपन निवारणमा कमी आउनुका साथै मासु उत्पादनमा समेत बृद्धि हुने एकिकृत पशुपंन्छि बिकास कार्यालयका पशु चिकित्सक डाक्टर अनिल कुमार शर्माले बताउनु भयो ।

हाल सम्म बाँसगढी वडा नं ७ को गौरीपारा, सगहापुर, बसन्तपुर र बाँसगढी वडा नं ८ को रेशमपुर टोलमा गरी ४५ वटा गाई भैसीको प्रजनन् चेकजाँज गरीसकेको बाँसगढी पशु सेवा शाखाका प्राबिधिक कृष्णराज ढकालले बताउनु भयो । घर घरमै दक्ष पशु प्रजनन बिज्ञ आएर पशुको स्वास्थ्य तथा प्रजनन संम्बन्धी चेकजाँच गरेर निशुल्क सेवा दिएकोमा पशुपालक किसानहरु धेरै खुसी भएका छन् । त्यसैगरी बर्दियामा पशु बाँझोपनको संख्या बढ्नुको कारण किसानहरुले गाई भैसीलाई दाना,भिटामिन, पौष्टिक आहार र समयमा जुका, माटेको औषधी नखुवाएको कारण पशुमा बढी मात्रमा बाँझोपन देखिएको पशु प्रजनन बिज्ञ डाक्टर लक्ष्मण घिमिरेले बताउनु भयो ।

डोर टु डोर कार्यक्रममा एकिकृत पशुपंन्छि बिकास कार्यालयका पशु चिकित्सक डाक्टर अनिल कुमार शर्मा, पशु प्रजनन बिज्ञ डाक्टर लक्ष्मण घिमिरे, एकिकृत पशुपंन्छि बिकास कार्यालयका प्राबिधिक रुपेन्द्र कुमार वली, बिनोद मल्ल, बाँसगढी पशु सेवा शाखाका प्राबिधिक घनश्याम तिवारी, पशु सेवा केन्द्रका प्राबिधिक कृष्णराज ढकाल,एकिकृत पशुपंन्छि बिकास कार्यालयका अम्मर बुढा, बिक्रम चौधरी लगायतको टोली रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *