खोजि गर्नुहोस..

बढैयाताल वडा नं ५ लाई बालविवाह मुक्त वडा घोषणा

फागुन २८ गते
बर्दियाको बढैयाताल गाँउपालिका वडा नं.५ लाई आइतबार एक कार्यक्रमबीच बालविवाह मुक्त वडा घोषणा गरिएको छ । वडा कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका सासद भुवनेश्वर चौधरीले ब्यानर पढेर बालविवाह मुक्त वडा घोषणा कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । घोषणा सभालाई सम्बोधन सासद चौधरीले विकृतिको रुपमा देखापरेको बालविवाह अन्त्यका लागि वडा नं ५ ले गरेको प्रयास अत्यन्तै सराह्निय रहेको भन्दै यसबाट अन्य वडाले पनि सिकाई गर्नु पर्ने बताउनु भयो । तर बालबिवाह मुक्त वडा घोषणा गरेर मात्रै नभएर यसलाई सदको लागि रोक्न चुनौतिको समाना गर्दै अगाडी बढ्न समेत सुझाव दिनु भयो ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्र्दै बढैयाताल गाँउपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले बालबिवाह मुक्त वडा घोषणा गरीसकेपछि सबैमा थप जिम्मेवारी आएको बताउनु भयो । बालबिवाह समाजको एउटा बाधक रहेको र सबैलाई अव कानुनको दायरामा ल्याएर आफन्ता, नाटागोटा, साथिभाई नभनेर अगाडी बढ्ने बताउनु भयो । साथै यसलाई रोक्नको लागि पालिकाभित्र बिभिन्न कार्यक्रम सन्चालन गर्ने र युवाहरुलाई सिप तथा आयमुलक काममा दक्ष बनाई अगाडी बढाउने गाँउपालिकाका अध्यक्ष त्रिपाठीले बताउनु भयो । बढैयाताल गाँउपालिकाका उपअध्यक्ष लक्ष्मि कुमारी अधिकारी, प्रमुख प्रशासकिय अर्जुन सुबेदी, ८ नम्बर वडाअध्यक्ष तेजनाथ पौडेल, आवाज संस्थाका कार्यकारी निर्देशक पबित्रा शाही लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

वालबिवाह मुक्त वडा घोषणा कार्यक्रमको प्रतिवेदन प्रस्तुत गर्दै ५ नम्वर वडा अध्यक्ष तुलाराम चौधरीले हामी बालविवाह प्रति सचेत छौं, हामीलाई बाल विवाह स्वीकार्य छैन, बालविवाहको निम्तोलाई स्वीकार गर्दैनौ, हामी बालअधिकारको सम्मान गर्दछौ, बढैयातालको ५नम्बर वडालाई बालविवाह रहित बनाउन प्रतिबद्ध छौं, बालविवाह गर्ने गराउने लाई कानुन बमोजिम कार्वाहीका लागि पहल गर्ने छौ, विवाह गर्नु पुर्व वडा कार्यालयको अनुमति पत्र लिएर मात्र गर्ने गराउने एक्यबद्धता जनाउदै वडा नम्बर ५ लाई बालविवाह मुक्त वडा भएको घोषण प्रतिबद्धता ५नम्वर वडाका वडाअध्यक्ष तुलाराम चौधरीले प्रस्तु गर्नु भयो ।
“समृद्ध बढैयाताल हाम्रो शान, बालबिवाह मुक्त अभियान” नाराका साथ सुरु भएको घोषणा सभामा गाँउका युवा, अगुवा, बरघर, शिक्षक, बिद्यार्थी, अभिभावक, बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । भने कार्यक्रम संन्चालन सस्वती मा.बि जगतियाका शिक्षक नारायण सुबेदीले कार्यक्रम सन्चालन गर्नु भएको थियो ।

बालविवाह बिरुद्ध काम गर्ने गैरसरकारी संघ संस्थाको साझदारीमा र बिभिन्न आमा समुह युवा क्लव, भ्वाईस समुह लगायतको समन्वयमा बालविवाह मुक्त वडा घोषणा गरीएको हो । घोषणा सभामा बिभिन्न सस्कृति झल्किने बाजागाजा ¥याली झाँकी समेत गरीएको थियो । साथै अभियानमा सहयोग गर्ने नागरिक समाज, समुह, संघ स्थालाई सम्मान पत्र प्रदान गरिएको थियो भने साझेदार सस्था र पालिकाका जनप्रतिनिधि कर्मचारीहरुलाई मायाँको चिनो र कदर पत्र प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *