खोजि गर्नुहोस..

नारी दिवसमा वक्तृत्वकला प्रतियोगिता, हरिकला प्रथम

विन्दु चौधरी

११४औं अन्तराष्ट्रिय नारी दिवसका अवसरमा बाँसगढी नगरपालिकाको आयोजनामा विहिबार बाँसगढीमा वक्तृत्वकला प्रतियोगिता गरिएको छ । “महिलामा लगानी सभ्य समाज व समुन्नत समाजक थालनी” भन्ने नाराका साथ यस वर्षको नारी दिवस मनाईएको हो । बाँसगढी नगरभित्र रहेका दुई क्याम्पसका ६ जना छात्राहरु सहभागिता जनाएका थिए । प्रतियोगितामा बाँसगढी बहुमुखि क्याम्पसका छात्रा हरिकला अधिकारी प्रथम, बर्दिया बहुमुखि क्याम्पसका छात्रा अनुस्का पौडेल द्वितीय, बर्दिया बहुमुखि क्याम्पसकै पुजा थापामगर तृतीय र बाँसगढी बहुमुखि क्याम्पसका गायत्री न्यौपानेले सान्त्वना स्थान प्राप्त गर्नुभएको छ । बिजेताहरुलाई क्रमश प्रथम पुस्कार ३ हजार, द्वितीय २ हजार, तृतिय १हजार र सान्त्वना पुरस्कार ५सय प्रमाणपत्र प्रदान गरिएको थियो । पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै बाँसगढी नगर प्रमुख खड्क बहादुर खड्काले समाज परिवर्तन हुनका लागि सबैभन्दा पहिले हरेक ब्यक्तिको सोँचमा परिवर्तन आवश्यक रहेको बताउनुभयो । उहाँले लिङ्गका आधारमा गरिने विभेदको अन्त्यका लागि समाजमा सकारात्मक विचार प्रवाह गर्दै जानुपर्नेमा जोड दिनुभयो । त्यस्तै कार्यक्रममा नगर उपप्रमुख इन्द्रिरा चौधरीले मानिसको सोँच र ब्यवहारमा परिवर्तन हुनु आवश्यक रहेको बताउनुभयो । नगर उपप्रमुख चौधरीको सभाअध्यक्षता भएकोे कार्यक्रमको प्रमुख अतिथी लुम्विनी प्रदेशका पुर्व शहरी विकास मन्त्री कृष्ण केसी नमुना रहनुभएको थियो । बाँसगढी नगरपालिकादेखि शुरु भएको प्रभावफेरी पछि बाँसगढी ५ नम्वर वडा कार्यालयमा कोणसभा भएको भएको थियो । दिवस कार्यक्रमको संचालन नगरस्तरीय महिला संजालक सचिव भुमि विकले गर्नुभएको थियो, भने स्वागत कोषाअध्यक्ष इन्दिरा भुषालले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *