खोजि गर्नुहोस..

बाँसगढीका विद्यालयहरुमा अध्ययनरत छात्राहरुको रक्तअल्पता परिक्षण गरिदै, भृकुटी माविमा ३७ प्रतिशत बढीमा रक्तअल्पता

हुम कुमार चौधरी ।

बाँसगढीको भृकुटी माविमा अध्ययनरत छात्राहरुको रक्तअल्पता परिक्षण गर्दा ३७.०६ प्रतिशतम (एनेमिया) रक्तअल्पता देखा परेको छ । स्वास्थ्य कार्यालय बर्दियाले विभिन्न पालिकाको सामुदायीक विद्यालयमा अध्ययनरत छात्राको रक्तअल्पता परीक्षण सुरु गरको हो । सोही क्रममा बाँसगढी नगरपालिकाको २ ओटा विद्यालयमा रक्तअल्पता परिक्षण गरि रहेको स्वास्थ्य कार्यालय बर्दियाका फोकल प्रसन भानुज्योती वलीले जानकारी दिनु भएको छ ।

सोमबार पहिलो दिन बाँसगढी ७ स्थित भृकुटी माविमा अध्ययनरत १ सय ७८ जना (छात्रा) किशोरीरुको रक्तअल्पता परिक्षण गरिएकोमा ६६ जना अर्थात ३७.०६ प्रतिशतमा एनिमिया अर्थात शरिरमा कम रगत देखिएको स्वास्थ्य कार्यालय बर्दियाका फोकल प्रसन वलीले जानकारी दिनु भयो । रक्तअल्पता देखापरेका छात्रा अथवा किशोरीहरुलाई उपचारको प्रक्रियामा पठाईएको जनाउनु भयो ।

रक्तअल्पता देखापरेका किशोरीहरुलाई आईरन चक्की खान र जंगफुड कम गर्न सुझाव दिईएको पनि स्वास्थ्य कार्यालय बर्दियाका फोकलपर्सन भानुज्योती वलीले जानकारी दिनु भयो । मंगलबार बाँसगढी नगरपालिका वडा न ५ स्थिति नेपाल राष्टिय माध्यमिक विद्यालयमा रक्तअल्पता परिक्षण गर्ने जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *