खोजि गर्नुहोस..

बाँकेको गाभरमा प्रदेश युवा सम्मेलन २०२४ जारी

अनोज थारु, फागुन २१ गते
नेपाल युवा परिषदको आयोजनामा प्रदेश युवा सम्मेलन २०२४ बाँकेको गाभरमा फागुन २० गते देखि जारी छ । ३ दिने युवा सम्मेलन कार्यक्रममा नेपाल युवा परिषद लुम्बिनी प्रदेशका संयोजक सोम गुरुङको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका मुख्यमन्त्री दिल्ली बहादुर चौधरीले कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । कार्यक्रमको पहिलो दिन होमस्टे महासंघका सचिव बिष्णु चौधरीले होमस्टेको बारेमा युवाहरुलाई जानकारी गराउनु भएको थियो । त्यस्तै प्रदेश युवा सम्मेलनको आज दोस्रो दिन जलवायु परिवर्तनमा युवाहरुको सहभागिता कसरी जोड्ने भन्ने बिषयमा क्रेसन नेपालका प्रतिक बद्राचार्यले प्रस्तुतिकरण गर्नु भयो । त्यस्तै बन तथा बाताबरणलाई संरक्षण गर्न कसरी सकिन्छ ।

यसमा युवाहरुको भुमिका कस्तो हुन्छ भन्ने बारे लुम्बिनी बिश्व शान्त्ति मंन्चका अध्यक्ष बासु गौतमले कार्यपत्र प्रस्तुत गर्नु भयो । त्यसैगरी दिगो बिकास लक्ष्यको बारेमा नेपाल युवा परिषदका संस्थापक केन्द्रिय अध्यक्ष सरोज बानियाले र सुशासन, पारदर्शि र जवाफदेहीता बारे वास संस्थाका कार्यकारी निर्देशक नमस्कार शाहले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

नेपाल युवा परिषदको आयोजनामा भएको ३ दिने प्रदेश युवा सम्मेलन कार्यक्रममा लुम्बिनी प्रदेशका १२ जिल्लाका दुई सय पाँच जना युवाहरुको सहभागिता रहेको छ । यस कार्यक्रमलाई सफल पार्नका लागि बाँकेको बैजानाथ गाँउपालिका सहआयोजकको रुपमा सहयोग गरेको छ । भने एन.सि.एल कम्पनी, कोको कोला कम्पनी लगायत बाँकेका अन्य स्थानीय तहहरुको सहकार्य रहेको छ । फागुन २० गते देखि सन्चालन भएको ३ दिन प्रदेश स्तरीय युवा सम्मेलनको भोली अन्तिम दिन फागुन २२ गते लुम्बिनी प्रदेशको कार्ययोजना बनाएर स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकारलाई बुझाउने कार्य योजना रहेको युवा परिषद लुम्बिनी प्रदेशका संयोजक सोम गुरुङले जानकारी गराउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *