खोजि गर्नुहोस..

नारी दिवसको अवसरमा स्त्रीरोग तथा पाठेघरको मुखको क्यान्सर सम्बन्धि परामर्श

विन्दु चौधरी
त्रिभुवन सामुदायिक पुस्तकालय ककौराले नारी दिवसको अवसरमा एक दिने स्त्रीरोग तथा पाठेघरको मुखको क्यान्सर सम्बन्धि परामर्श सेवा दिइएको छ । परामर्श सेवामा भेरी अस्पतालमा कार्यरत प्रसुती तथा स्त्रीरोग विषेशज्ञ तथा महिला क्यान्सर रोग विषेशज्ञ डा. कृतिपाल सुवेदीले पाठेघरको मुखको क्यान्सर सम्बन्धि परामर्श दिनुभएको थियो । डाक्टर सुवेदीले नेपाली महिलाहरुमा सबैभन्दा धेरै हुने क्यान्सरमा पाठेघरको मुखको क्यान्सर एक नम्बरमा रहेको बताउनुभयो । विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा प्रत्येक १ लाख महिलामध्ये १६ जना पाठेघरको मुखको क्यान्सरबाट प्रभावित हुनेगरेको डाक्टर सुवेदीले बताउनुभयो । परामर्श कार्यक्रममा उपस्थित महिलाहरुले आफनो समस्या प्रत्यक्ष रुपमा भन्न नसकेर कापिमा लेखेर दिएका थिए । भने डाक्टर सुवेदीले निवारक स्वास्थ्य हेरचाहमा कुनै लक्षण नदेखिए पनि नियमित स्त्रीरोग परीक्षण र पाठेघरको मुखको जाचँ गर्न सुझाव दिनुभएको थियो । पुस्तकालयका अध्यक्ष यज्ञ बहादुर वलीको अध्यक्षमा भएको परामर्श तथा सुचतनामुलक कार्यक्रममा बाँसगढी नगर उपप्रमुख इन्दिरा चौधरी, वाड नं ८ का वडाअध्यक्ष तुलप्रसाद गौतम, वाड नं ९ का वडाअध्यक्ष चन्द बहादुर शाही, शिक्षक, विद्यार्थी, स्थानिय महिलाहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *