खोजि गर्नुहोस..

बढै्यातालको शिक्षा शाखा प्रमुख ढकाललाई कालोमोसो

विन्दु चौधरी

बर्दियाको बढैयाताल गाउँपालिका शिक्षा शाखा प्रमुखलाई अनेरास्ववियु (क्रान्तिकारी) कर्णाली प्रदेशद्धारा कार्रवाही गरिएको छ । नगरको शैक्षिक कार्यमा भ्रष्टाचार र अनियमितता गरेको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) कर्णालीले कालोमोसो दलेको हो । अनेरास्ववियु (क्रान्तिकारी) कर्णाली प्रदेश इन्चार्ज हरि विष्टले बढै्याताल गाउँपालिका शिक्षा प्रमुख विष्णु प्रसाद ढकाललाई कारवाही गर्नुको कारणसहितको पत्र सार्वजनिक गर्नुभएको छ । पत्रमा उल्लेख भए अनुसार राम्रो नतिजा ल्याउने स्कुललाई प्रोत्साहन भत्ता नदिई कमिशनको लागि आफ्नो अनुकुलको अर्कै विद्यालयलाई प्रोत्साहन भत्ता दिने गरेको, पुस्तकालय आई सि.टि ल्याव, विज्ञान ल्याबको खरिद सामाग्रि शिक्षा शाखाले तोकेको पसलबाट मात्र किन्न पर्ने भनि विद्यालय व्यवस्थापन समितिलाई दबाब दिने गरेको, करार शिक्षक निउक्तिको लागि विषय विज्ञ सुचीकृत नगरि कमिशनको लागि आफु अनुकुलको मनोमानि ढंगले विषय विज्ञ राखि करार शिक्षक नियुक्ति गर्ने गरेको अरोप शिक्षा शाखा प्रमुख ढकाललाई लगाएको छ । त्यस्तै आफु अनुकुलको अडिटर विद्यालयहरुमा लेखापरिक्षण गर्न पठाई विद्यालयलाई बढि आर्थिक भार पर्ने गरि अडिट गर्न लगाउने गरेकोले कालोमोसो दलिएको संगठनले बताएको छ । साथै विद्यालय व्यवस्थापन समितीको अधिकारमाथि हस्तक्षेप गरि, विद्यालयको आन्तरिक श्रोतबाट शिक्षक नियुक्ति गर्न समेत शिक्षा प्रमुख बोलाउन पर्ने नियम बनाई, कमिशनको लागि शिक्षक नियुक्तिमा अस्वछ प्रतिस्पर्धा गराउने गरेको, विद्यालयमा अनुगमन तथा निरिक्षणको नाममा प्र.अ. र शिक्षकहरुलाई अपमान र अभ्रद व्यवहार गर्ने गरेको र कमिशन मार्फतको अवैध रकम जिल्ला शिक्षा विकाश तथा समन्वय इकाई दार्चुलाका जिल्ला शिक्षा अधिकारीका निजि ड्राईभर गगन सिह धामि र अन्य व्याक्ति मार्फत लिने गरेकोले कालोमोसो दलिएको समेत संगठनको आरोप छ । बढै्याताल गाउँपालिका शिक्षा विष्णु प्रसाद ढकाललाई कारवाही गरिएको क्रान्तिकारी बर्दिया जिल्ला इन्चार्ज विष्णु परियार (शक्ति)ले जानकारी दिनुभएको छ । यता बढै्याताल गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत अर्जन सुवेदीले शिक्षा शाखा प्रमुख ढकाललाई खजुराबाट कार्यलयमा आउदैगर्दा बाटोमा नै अभद्र क्रियाकलाप गरिएको बताउनुभयो । उहाँले सो घटनालाई लिएर कानुनी प्रक्रिया हुदाहुदै पनि सिद्धान्त विपरीत राष्ट्रसेवक कर्मचारीलाई दुर्व्यवहारले ध्यानाकर्षण भएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *