प्रजातन्त्र दिवसः ५० जनाले गरे रक्तदान (फोटो फिचरसहित) अनलाइन बाँसगढी -प्रकाशित मिति : सोमवार फाल्गुन ७, २०८० प्रजातन्त्र दिवसः ५० जनाले गरे रक्तदान (फोटो फिचरसहित) विन्दु चौधरीराष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा रक्तदान गरिएको छ । बाँसगढी नगर अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ५० पिन्ट रगत सङ्कलन भएको हो । नेपाल स्वयंसेवी रक्तदाता समाज उपशाखा बाँसगढी नगर समिति र लायन्स क्लव अफ बर्दिया बाँसगढीको संयुक्त आयोजनामा बृहत रक्तदान शिविरको आयोजना गरिएको थियो । कुनै पनि मानिस रगतको अभावकै कारण मृत्युवरण गर्न नपरोस् भन्ने उदेश्यले स्वयंसेवी रक्तदाता समाजले रक्तदान शिविरको आयोजना गर्दै आएको नेपाल स्वयंसेवी रक्तदाता समाज उपशाखा बाँसगढी नगर समितिका अध्यक्ष विनोद कुमार परियारले बताउनुभयो । बाँसगढी नगर उपप्रमुख इन्द्रिरा चौधरीको प्रमुख आथित्यतामा भएको कार्यक्रमको अध्यक्षता स्वयंसेवी रक्तदाता समाज नगर समितीका अध्यक्ष विनोद कुमार परियारले गर्नुभएको थियो । रक्तदान कार्यक्रमम बाँसगढीबासी, युवा, सर्वसाधारण लगाएतले रक्तदान गरेको थिए । २००७ फागुन ७ गते राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा प्रत्येक वर्ष फागुन ७ गते विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाउदै आईरहेको छ ।