खोजि गर्नुहोस..

बाँसगढी न.पा. बन्यो महिला स्वास्थ्य स्वंयम सेविकालाइ सामाजिक सुरक्षा कोषमा आबद्द गर्ने पहिलो पालिका

बाँसगढी नगरपालिका महिला स्वास्थ्य स्वंयम सेविकाहरुलाइ सामाजिक सुरक्षा कोषमा आबद्द गराउने देशकै पहिलो नगरपालिका भएको छ । नगरपालिकाले नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सँग ९ गते बुधवारका दिन एक सम्झौता गरेको हो ।

बाँसगढी नगरपालिका भित्ररहेका महिला स्वास्थ्य स्वंयम सेविकाहरुलाइ हौसला तथा प्रोत्साहन गर्न नेपाल सरकारको सामाजिक सुरक्षा कोषमा आबद्दता गराउन नगरपालिकाले उक्त सम्झौता गरेको बताईएको  छ।

सम्झौता पछी अब नगर भित्रका सबै स्वास्थ्य स्वंयम सेविकालाइ नगरपालिकाले सामाजिक सुरक्षा कोषमा आबद्दता गराउने छ । स्वास्थ्य स्वयमसेविका लाइ सामाजिक सुरक्षा कोषमा आवद्व गराउने देश कै पहिलो पालिका  बाँसगढी नगरपालिका भएको नगर प्रमुख खडक बहादुर खडका ले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *