खोजि गर्नुहोस..

२ नं वडा कार्यालय द्धारा भत्ता वितरण सँगै निशुल्क स्वास्थ्य तथा आँखा जाँच शिविर


हुम कुमार चौधरी ।
बर्दियाको बाँसगढी नगरपालिका वडा न २ ले वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण सगै निशुल्क स्वास्थ्य शिविर तथा आँखा शिविर सञ्चालन गरेको छ । २ नं वडा कार्यालयले सामाजिक सुरक्षा भत्ता बुझ्न आएका जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति र एकल महिलाहरुलाई बिशेष लक्षित गर्दै निशुल्क स्वास्थ्य शिविर तथा आँखा शिविर सञ्चालन गरेको हो । जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुको सहजताका लागि राष्ट्रिय बाणिज्य बैँकलाई वडामै बोलाएर वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरिएको २ नं वडा अध्यक्ष अर्जुन कुमार खड्काले बताउनु भयो ।

बिशेष गरी जेष्ठ नागरिकहरुमा विभिन्न स्वास्थ्य समस्या सँगै आँखाको समस्या देखिने भएकाले उहाँहरुको सहजताका लागि पनि स्वास्थ्य शिविर र आँखा शिविर समेत सञ्चालन गरिएको वडा अध्यक्ष खड्काले बताउनु भयो । सामाजिक सुरक्षा भत्ता बुझ्न पुगेका जेष्ठ नागरिकहरु घर छेउँबाटै भत्ता पाएको र सँगै निशुल्क स्वास्थ्य परिक्षण, आँखा जाँच र औषधि पाउदा निकै खुसी देखिएका थिए ।

७० बर्षिय विरबहादुर सुनार घर आगनमै भत्ता पाएको र सगै निशुल्क स्वास्थ्य जाँच, आँखाको जाँच र औषधि पाउदा निकै खुसी लागेको बताउनु भयो । उहाँले बैँकमा लाइन बस्नुपर्ने र बाँसगढी बजारसम्म हिडेर जानु पर्ने बाध्यता थियो तर वडा कार्यालयले सहज बनाईदिएकोमा आफु जस्तै धेरै जेष्ठ नागरिकहरु खुसी भएको बताउनु भयो । २ नं वडा कार्यालयले सञ्चालन गरेको शिविर तथा सामाजिक सुरक्षा वितरण कार्यक्रमलाई अवलोकन गर्न बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्का समेत पुग्नु भएको थियो ।

बाँसगढी वडा नं २ मा १ हजार ७४ जना सामाजिक सुरक्षा भत्ता बुझने व्यक्ति भए पनि शनिबार शिवरबाट ५ सय १७ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको वडा अध्यक्ष अर्जुन कुमार खड्काले बताउनु भयो । त्यस्तै निशुल्क आँखा जाच शिवरमा २ सय ६६ जनाले सेवा लिएको र ३१ जनाको मोतिविन्दुको अप्रेशन गर्नु पर्ने भएकाले आखा अस्पताल फुल्टेक्रा रिफर गरिएको नेत्रज्योति संघ बाँके फत्तेबाल आँखा अस्पाताल फुल्टेक्रा नेपालगञ्जका नेत्र अधिकृत छन्दुलाल थारुले जानकारी दिनु भयो । निशुल्क स्वास्थ्य जाँच शिवीरमा भने १ सय ४८ जनाले स्वास्थ्य परिक्षण तथा औषधि सेवा दिएको बेलवा स्वास्थ्य चौकीका ईन्चार्ज बल बहादुर चौधरीले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *