खोजि गर्नुहोस..

रेडक्रस बाँसगढी उपशाखाको सभापतिमा कमल बहादुर खत्री नेतृत्वको प्यानल निर्वाचित

विन्दु चौधरी
नेपाल रेडक्रस सोसाईटी बाँसगढी उपशाखाको सभापतिमा कमल बहादुर खत्री नेतृत्वको प्यानल निर्वाचित भएको छ । शनिबार सम्पन्न निर्वाचनले ११ सदस्यीय कार्यसमिति निर्वाचित गरिएको निबर्तमान सभापति नारायण प्रसाद शर्माले जानकारी दिनभयो । निर्वाचन नेपाली कांग्रेसको एकलगठबन्धन र नेकपा एमाले, माओवादी केन्द्र एकीकृत समाजवादीे र जसपाको गठबन्धनबिच भएको थियो । सभापतिमा नेपाली कांग्रेसका कमल बहादुर खत्रीले १६१ मत ल्याएर विजयी हुनुभयो भने उहाँका प्रत्याशी एमाले गठबन्धनका कृष्णराज अधिकारीले १४६ मत पाउनुभयो । यस्तै महिला उपसभापतिमा खत्री नेतृत्व प्यानलका विना पौडेलले १६८ मत, सचिव दिनेश कुमार थापाले १७२ मत, कोषाध्यक्ष दिपेन्द्र लामिछाने १७० मत, उपसचिव जसबहादुर थापा क्षेत्री १५४ मत, उपकोषाध्यक्ष कृष्ण कुमारी चौधरीले १७१ मत ल्याएर विजयी हुनुभएको छ । त्यस्तै महिला सदस्यमा ज्ञानु रिजाल १७४ मत, खुल्ला सदस्य अजय प्रसाद तिवारी १६६ मत, रविन्द्र जंग शाह १७३ मत, निरक बहादुर खत्री १५६ मत र राज थारुले १७३ मत ल्याएर विजयी हुनुभएको छ । त्यसैगरि गठबन्धनका कृष्णराज अधिकारी नेतृत्वको प्यानलबाट महिला उपसभापतिमा लक्ष्मी खत्री थापा १३६ मत, सचिव सन्तोष बास्तोला १३२ मत, कोषाध्यक्ष विनोद कुमार परियार १२४ मत, उपसचिव आस्विन पौडेल झिल्को १४४मत, उपकोषाध्यक्ष ताजिव गुजार ११९ मत पाउनु भयो । महिला सदस्यम ललिता थापा १२१ मत, खुल्ला सदस्य धनिराम थारुले १२४ मत, नरहरि पौडेल १३६ मत, फमनारायण ढकाल १२९ मत र हिक्मत खड्काले ११८ मत पाउनु भएको थियो । कुल मतदाता संख्या ३ सय ६० रहेकोमा ३०९ मत खसेको निबर्तमान सभापति नारायण प्रसाद शर्माले जानकारी दिनभयो । नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र प्रदान गरिसहेको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *