खोजि गर्नुहोस..

रेडक्रस बाँसगढी उपशाखाको सभापतिमा खत्री र अधिकारी विच प्रतिस्पर्धा

विन्दु चौधरी
नेपाल रेडक्रस सोसाईटी बाँसगढी उपशाखाको नयाँ नेतृत्व चयनको लागि भोली निर्वाचन हुने भएको छ । नयाँ कार्यसमितिमा पदाधिकारीहरुको चयनका लागि दुई छुटटाछुटटै प्यानल विच निर्वाचन गरिने भएको हो । सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार आज फागुन ४ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गरिने र भोली विहान १० वजेदेखि मतदान हुने नेपाल रेडक्रस सोसाइटी बर्दिया जिल्ला शाखाका मन्त्री गोविन्द प्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाली कांगे्रस एकल गठबन्धनबाट सभापतिका उमेद्वार कमल बहादुर खत्री र नेकपा एमाले, माओबादी, समाजवादी र जसपा गठबन्धनबाट सभापतिका उमेद्वार कृष्णराज अधिकारी चुनावी मैदानमा उत्रिएका हुन् । त्यसैगरि कमल बहादुर खत्री नेतृत्व प्यानलबाट महिला उपसभापतिमा विना पौडेल, सचिव दिनेश कुमार थापा, कोषाध्यक्ष दिपेन्द्र लामिछाने, उपसचिव जसबहादुर थापा क्षेत्री, उपकोषाध्यक्ष कृष्ण कुमारी चौधरी रहेका छन् । त्यस्तै महिला सदस्यमा ज्ञानु रिजाल, खुल्ला सदस्य अजय प्रसाद तिवारी, रविन्द्र जंग शाह, निरक बहादुर खत्री र राज थारु रहेका छन् । त्यस्तै कृष्णराज अधिकारी नेतृत्व प्यानलबाट महिला उपसभापतिमा लक्ष्मी खत्री थापा, सचिव सन्तोष बास्तोला, कोषाध्यक्ष विनोद कुमार परियार, उपसचिव आस्विन पौडेल झिल्को, उपकोषाध्यक्ष ताजिव गुजार रहेका छन् । त्यस्तै महिला सदस्यमा ललिता थापा, खुल्ला सदस्य धनिराम थारु, नरहरि पौडेल,फर्मनारायण ढकाल र हिक्मत खड्का समेत गरी ११ सदसिय कार्यसमिती चयन गरिने जानकारी दिनुभयो । रेडक्रसमा साधारण र आजीवन सदस्य गरि तीन सय ६० जना मतदाता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *