खोजि गर्नुहोस..

सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आत्महत्या रोक्न सचेतना

विन्दु चौधरी
आत्महत्या रोकथाम तथा न्यूनीकरण सम्बन्धी प्रहरीले सचेतना कार्यक्रम गरेको छ । मोतिपुर इलाका प्रहरी कार्यालय बाँसगढीको आयोजनामा सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरीले आत्महत्या रोक्नथाम सम्बन्धी विशेष सचेतना कार्यक्रम गर्दै आएको मोतिपुर इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक सैलेश्वरी बोहराले जानकारी दिनुभयो । सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज बाँसगढी नगरपालिका वाड नं ३ गौडीगाउँमा स्थानियहरुको उपस्थितीमा आत्महत्या न्यूनिकरण सम्बन्धी सचेतना कार्यक्रम गर्नुका साथै पर्चा पम्प्लेट समेत बितरण गरेको प्रहरी निरिक्षक बोहराले बताउनुभयो । उहाँले सबैको साथ सहयोग र सचेतनाको माध्यमबाट आत्महत्या न्युनिकरण गरिनुपर्ने उहाँको भनाई थियो । मोतिपुर इलाका प्रहरी कार्यालयको तथ्यांकमा चालु वर्ष पछिल्लो ६ महिलामा ११ जनाले आत्महत्या गरेको जनाएको छ । सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरीले समुदाय लक्षित कार्यक्रमहरूमा लोपोन्मुक समुदायमा न्यायमा पहुच, लागुपदार्थ दुब्यर्सनी विरुद्ध, मानववेचविखन विरुद्ध, ट्राफिक नियम तथा दुर्घटना न्यूनिकरण सम्बन्धी जनचेतना, साइबर अपराध सम्बन्धी कार्यक्रम, आत्महत्या न्यूनिकरण कार्यक्रम, बालविवाह न्यूनिकरण सम्बन्धी जनचेतना अभिवृद्धि लगायतका कार्यक्रम ररिरहेको छ । यस्ता जनचेतनामूलक कार्यक्रमहरूले समाजमा रहेका विकृति र विसंगती विरूद्ध समाजलाई झकझकाउँदै कानूनी राज्यको स्थापना गर्न समुदाय र कानून कार्यान्वयन गर्ने निकाय नेपाल प्रहरी मिलेर जानुपर्ने धारणा मोतिपुर इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक बोहराले व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *