खोजि गर्नुहोस..

खेलकुदमा नेरा मावि लक्ष्मपुरको डबल ह्याट्रिक, शैक्षिक उपलब्धीमा सहयोग पुगेको छ ः प्रअ तिवारी


रावन विश्वकर्मा ।
नेपाल राष्ट्रिय माध्यामिक विद्यालय लक्ष्मणपुरले नगर स्तरीय खेलकुद प्रतियोगितामा डबल ट्याट्रिक गरेको छ । बाँसगढी वडा नं ४ मा रहेको नेरा मावि लक्ष्मणपुरले बिहिबार सम्पन्न छैटौ बाँसगढी नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिताको प्रथम उपाधि उचाले सँगै खेलकुदमा डबल ट्याट्रिक गरेको हो । लगातार छैटौ पटक पनि जित हात पार्दै नेरा मावि लक्ष्मणपुर डबल ह्याट्रिक गर्ने विद्यालय बनेको छ । लक्ष्मणपुर बाँसगढी नगर कै खेलकुद विद्यामा उत्कृष्ट विद्यालयको रुपमा परिचित बनेको छ । नेरा मावि लक्ष्मणपुरले प्रथम मेयर कप देखी छैटौ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सम्म आईपुग्दा बिभिन्न खेलकुद विद्यामा उत्कृष्ट खेल प्रर्दशन गर्दै प्रथम उपाधि हात पार्दै आएको छ ।

बाँसगढी नगर खेलकुद विकास समितिको आयोजनामा विहिबार सम्पन्न भएको खेलाडी छनौट प्रतियोगितामा भलिबल, कबड्डी, मार्सलआर्ट र एथ्लेटिक्स गरी ४ विधाका खेलहरु प्रर्दशन गरीएको थियो । जम्मा ५२ स्वर्ण पदक मध्य नेरा मावि लक्ष्मणपुरले २१ स्वर्ण पदक जितेको छ । लक्ष्मणपुरले एथ्लेटिक्समा १५ स्वर्ण, मार्सलआर्टमा ४ स्वर्ण र छात्र र छात्रा तर्फको कबड्डी प्रतियोगितामा २ स्वर्ण गरेर २१ स्वर्ण पदक हात पार्न सफल भएको नेरा मावि लक्ष्मणपुरका प्रधानाध्यापक अर्जुन प्रसाद तिवारीले बताउनु भयो । ५ रजत र १२ कास्य पदक समेत नेरा मावि लक्ष्मणपुरले जितेको छ ।

खेलकुदले विद्यार्थीलाई अनुशासित बनाउदै विद्यालयको शैक्षिक उपलब्धी समेत राम्रो बन्दै आएको र विद्यार्थीहरुको व्यवहार परिवर्तनमा समेत खेलकुदले सहयोग गरेको विद्यालयका प्रधानाध्यापक तिवारीले बताउनु भयो । लगातारको सफलता विद्यार्थी तथा खेल शिक्षकहरुको मेहनत र लननशिल सँगै शिक्षक तथा अभिभावहरुको सहयोगबाट प्राप्त भएको प्रधानाध्यापक तिवारीको भनाई छ ।

त्यस्तै प्रतियोगिताको नेपाल राष्ट्रिय माध्यामिक विद्यालय बाँसगढीले छैटौ बाँसगढी नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिताको दोस्रो उपाधि हात पारेको छ । नेरा मावि बाँसगढीले ८ स्वर्ण, ११ रजत र १२ कास्य पदक प्राप्त गर्दै दोस्रो स्थानमा आउन सफल भएको हो । माघ २२ गते देखी २५ गते सम्म भएको खेलाडी छनौट प्रतियोगितामा ६ स्वर्ण, ९ रजत र १० कास्य पदक सहित लक्ष्मी मावि चेपाङ्ग तेस्रो भएको छ । प्रतियोगितामा पृथ्वी मावि लखनाले ५ स्वर्ण, ३ रजत र २ कास्य, पुर्णहिरा मावि लक्ष्मणाले ३ स्वर्ण, ५ कास्य, रामजानकी माबि भैसासुरले २ स्वर्ण, २ रजत, ६ कास्य, जनता मावि बठुवाले २ स्वर्ण, ३ रजत, १ कास्य पदक जितेको छ ।

त्यस्तै बालजोति एकेडेमीले २ स्वर्ण, १ रजत, १ कास्य, जनता मावि बनमुडुवाले २ स्वर्ण, १ रजत, लालिगुराँस मावि माछागढले १ स्वर्ण, १ रजत, १ कास्य, जिवनजोति मावि राँझाले १ स्वर्ण २ कास्य, आदर्श मावि मोतिपुरले १ स्वर्ण, त्रिभुवन मावि ककौराले ६ रजत र २ कास्य पदक जितेको छ । छैटौ बाँसगढी नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगितामा बाँसगढी नगरपालिकाका माध्यामिक र आधारभुत विद्यालय गरी ३१ वटा विद्यालय सहभागि भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *