खोजि गर्नुहोस..

छैठौँ बाँसगढी नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु, मन्त्री मास्कीद्धारा उद्घाटन


बिन्दु चौधरी ।
छैठौँ बाँसगढी नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनोट प्रतियोगिता सुरु भएको छ । “एकताबद्ध देशः खेलकुदको सन्देश” “बाँसगढीका खेलाडी, सधै अगाढी” भन्ने नाराका साथ नगर खेलकुद विकास समिती बाँसगढीको आयोजनामा सोमबार देखी रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो । बाँसगढी ८ रिहारपुरमा रहेको नगर स्तरीय खेल मैदानमा सञ्चालन भएको खेलकुद प्रतियोगिताको लुम्बिनी प्रदेसका आर्थिक मामिला मन्त्री धन बहादुर मास्कीले भव्य समारोहका विच उद्घाटन गर्नुभयो ।

प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री मास्कीले देशलाई अन्तर्राष्ट्रिय रुपमा चिनाउने माध्यम खेलकुद भएको बताउनु भयो । मन्त्री मास्कीले खेलकुदको माध्यमबाट देशलाई विश्वव्यापी रुपमा चिनाउन र निरोगी र अनुशासित हुन खेलकुदको ठूलो महत्वपुर्ण भुमिका रहेको बताउनु भयो । उहाँले प्रदेश सरकारको क्षेत्राधिकार भित्र रहेर प्रदेशले गर्नुपर्ने आफ्नो भुमिकामा आफुहरुले अगाडी बढिरहेको भन्दै कुनै पनि राजनितिक दलहरुलाई विकासे योजनामा राजनिति नगर्न आग्रह गर्नुभयो । मन्त्री मास्कीले अवको केहि महिनामा आर्थिक वर्ष २०८१।८२ को वजेत विनियोजन गर्ने तयारीमा रहेकोले सबै दल तथा जनप्रतिनिधिहरुलाई विकासमा साझेदारी गर्न आग्रह समेत गर्नुभयो ।

त्यस्तै बाँसगढी नगर प्रमुख खड्क बहादुर खड्काले नगरपालिकाको अधिकांश योजना र कार्यक्रम विद्यार्थी लक्षित भएको बताउनुभयो । खेलकुदको विभिन्न विधाको विकासका लागि नगरपालिकाले धेरै काम र लगानी गरेको बताउँदै खेलाडीलाई प्रोत्साहित गर्नु नगरको कर्तव्य भएको स्पष्ट पार्नुभयो । प्रतियोगिता नगर खेलकुद विकास समितीका संयोजक नैन बहादुर खत्रीको अध्यक्षतामा भएको थियो ।

छैठौँ नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनोट प्रतियोगिताको उद्घाटनको अवसरमा नगरका ३१ वटा मा.वि तथा आ.वि का खेलाडी विद्यार्थीले मार्चपास गरेका थिए । रनिङशिल्ड प्रतियोगितामा भलिबल, कबड्डी, मार्सलआर्ट र एथ्लेटिक्सस गरि ४ विधाका खेल समावेश गरिएको छ । प्रतियोगिताका पहिलो दिन एथ्लेटिक्सस छात्र छात्रा तर्पm, सटपट थ्रो मावि र आविका छात्रछात्रा तर्फ खेल भएको छ । त्यसैगरि ४ सय मिटर दौड र भलिवल छात्र तर्फ जनता मावि बनमुडा र भृकुटि मावि डेउढाकला विच तथा छात्रा तर्फ त्रिभुवन मावि ककौरा र जनता मावि बठुवा विच खेल हुने तालिका रहेको शिक्षा शाखा अधिकृत छत्र बहादुर शाहीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *