खोजि गर्नुहोस..

समुदायीमा कांग्रेस अभियान अन्तर्गत बाँसगढीमा विरुवा गोडमेल

बाँसगढी बजार क्षेत्र भित्र सडकको विचमा लगाईएको विरुवा गोडमेल गरिएको छ । शनिबार बजार क्षेत्र भित्र सडकको विचमा रहेको डिभाइंडरमा रहेको मैनापोखर देखि एसोएस चोक सम्मको विरुवामा गोडमेल गरिनुको साथै मरेको ठाउँमा नयाँ विरुवा रोपीएको छ । नेपाली कांग्रेसको समुदायीमा कांग्रेस देशव्यापी अभियान अन्तर्गत बाँसगढी नगर काय समितिले सामाजीक उत्तरदायीत्व कार्यक्रमको आयोजना गरी विरुवा गोडमेल र बृक्षारोपन गरिएको नगर सचिव एकनारायण अधिकारीले जानकारी दिनु भयो । सुन्दर हरियाली बाँसगढी नगरपालिका बनाउने अभियानमा नेपाली काँग्रेस नगर समिति पनि साथमा उहाँले बताउनु भयो । बाँसगढी नगर कार्य समिति सभापति लोहारी थारुको अध्यक्षतामा सुरु भएको कार्यक्रम संघिय सासद जाबेदा खातुनको प्रमुख आतिथ्यता कार्यक्रम भएकोे थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *