विन्दु चौधरी
नवदुर्गा सामुदायिक वन उपभोक्ता समुह लक्षमणाको १२औँ बार्षिक साधारण सभाले २४ लाख ४९ हजार बढिको आयब्यय सार्वजनिक गरेको छ । साधारण सभामा आर्थिक वर्ष २०७९। ८० को २४ लाख ४९ हजार २ सय ५४ रुपैया ४४ पैसा बरावरको आयब्यय सार्वजनिक गरेको हो । सामुदायिक वनले उपभोक्ताहरुको जीवनस्तर उकास्ने उदेश्यले विभिन्न आयमुलक कार्यक्रम ल्याउने र वनको पहलमा विभिन्न उद्योग संचालन गरि गरिवी निवारणमा पहल गर्ने सामुदायिक वनका अध्यक्ष दयाराम थारुले जानकारी दिनुभयो । वनले सामाजिक कार्य अन्तर्रत वन समुहमा आवद्ध ९ वटा टोल विकास सस्थालाई सरसफाई अन्तरक्रिया तथा फोहोर फाल्ने २१३ वटा रिङ वितरण गरेको छ । हाल सामुदायिक वनमा एक हजार ३ सय ३३ वटा सालको रुख, २ सय असना, ७५० बोट कागती लगाएत अन्य विरुवाहरु र करिव २ कठ्ठा बेसार खेती गरेको आर्थिक प्रतिवेदन लेखा समिती संयोजक थिर बहादुर शाहीले प्रस्तुत गर्नुभएकोथियो । ११० दशमलव ५५ हेक्टर क्षेत्रफलमा फैलिएको नवदुर्गा सामुदायिक वन उपभोक्ता समुहको १२आँै साधारण सभा संघिय सांसद जावेदा खाँतुनले उद्घाटन गर्नुभएको थियो । आफ्नो घर वरिपरी बोटविरुवा रोपौँ, स्वच्छ बातावरण कायम गरौँ भन्ने नाराका साथ आयोजित साधारण सभामा संघिय सांसद खाँतुनले वन जंगल तथा बातावरण संरक्षणमा सामुदायिक वनले अहम भुमिका निर्वाह गरेको बताउनुभयो । उहाँले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागुभै खारेज भएका सामुदायिक वनहरुमा ढलापडा रुखहरु सङकन गर्न दिने निर्णय गरिएको बताउनु भयो । त्यस्तै केन्द्रिय वन महाँसंघका उपाध्यक्ष मोहमद करखाँले वन व्यवस्थपान कार्यक्रम खारेज हुदा तीन वर्ष देखि सामुदायिक वनहरुले काठ, दाउरा सहित अन्य वन पैदावार सङकलन नहुदा उपभोक्ताको पिरमार्कालाई मध्यनजर गरी सुख्खा, ढलापडा रुख सङकलन गर्न पाउने र झाडी सरसफाई गर्ने कार्यका लागि सम्बन्धीत कार्यालयहरुमा परिपत्र गरि सकिएको बताउनु भयो । कार्यक्रममा लुम्विनी प्रदेश वन उपभोक्ता महाँसंघका सदस्य प्रेम प्रसाद शर्मा, बाँसगढी ८ का वडाअध्यक्ष तथा सामाजिक विकास समितीका संयोजक तुल प्रसाद गौतम, सव डिभिजन वन कार्यलय बाँसगढीका प्रमुख साहायक वन अधिकृत रामगणेश शाह, नगर वन उपभोक्ता महाँसघका अध्यक्ष मिना रिजाल, लगाएतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । वन समुहका अध्यक्ष दयाराम थारुको अध्यक्षतामा भएको कार्यक्रमको संचालन ऋषिराम गौतम र स्वागत सचिव शान्ती चौधरीले गर्नुभएको थियो ।