विन्दु चौधरी
बाँसगढी नगरपालिकाले जेष्ठ नागरिकहरुलाई घर घरमै पुगेर निःशुल्क स्वाथ्य जाँच तथा परामर्श सेवा जारी रहेको छ । पालिकाभित्रका ८० वर्ष माथिका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरुकोे निःशुल्क स्वास्थ्य जाँच गर्दैै आएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख महेश थारुले जानकारी दिनुभयो । ८० वर्ष माथिका ज्येष्ठ नागरिक तथा (क) र (ख) वर्गतका अपाङ्गता भएका व्यक्तिहरुकोे गरि करिव ५ सय जनालाई नगरभित्रको ९ वटै वडामा घरघरमा पुगेर निःशुल्क उपचार गरिएको उहाँले बताउनुभयो । नगरपालिकाले नीति तथा कार्यक्रम मार्फत तोकिएका लक्षित वर्गका व्यक्तिको घरघरमा स्वास्थ्यकर्मी पठाएर सुगर, प्रेसर, दम जाँच लगायत आवश्यक स्वास्थ्य सेवा प्रवाह गर्दै आएको शाखा प्रमुख थारुले बताउनुभयो । माघ १६ गतेदेखि २० गतेसम्म नगरपालिकाले ज्येष्ठ तथा अशक्त नागरिक घरदैलो स्वास्थ्य सेवा सञ्चालन गरेको स्वास्थ्य शाखा प्रमुख महेश थारुले जानकारी दिनुभयो ।