खोजि गर्नुहोस..

गणपति लघुवित्त संस्थामा आबद्ध सदस्यहरुको क्षमता अभिवृद्धी गर्ने उद्देश्यले ब्यवसायिक बाख्रा पालन तालिम

माघ १८ गते, अनोज थारु
गणपति लघुवित्त वित्तिय संस्था लि.शाखा कार्यालय बाँसगढी बर्दियाले बिहिवार एक दिने ब्यवसायिक बाख्रा पालन संम्बन्धी तालिम संचालन गरेको छ । संस्थाले सीप विकास तालिम अन्तर्गत संस्थामा आबद्ध सदस्यहरुको क्षमता अभिवृद्धी गर्ने उद्देश्यले तालिम संचालन गरेको हो । तालिममा बढैयाताल, बारबर्दिया र बाँसगढी नगरपालिकाबाट ३१ जना सदस्यहरु सहभागि भएका थिए ।

सहभागीहरुलाई पशु शाखा कार्यालय बाँसगढीका पशु प्राविधिक घनश्याम तिवारीले बाख्रा पालन ब्यवसाय बारे प्रशिक्षण गर्नु भएको थियो । तालिम प्रश्चात सहभागिहरु निकै प्रभावकारी रहेको बताएका थिए । कार्यक्रमको प्रमुख अतिथि वित्तीय संस्थाको तालिम विकास तथा प्रवर्तन विभाग प्रमुख प्रभुराज थापाले संस्थामा आवद्ध सदस्यहरुको आयस्तरमा बृद्धि गर्न ठाँउ ठाँउमा यस्तो खाले बिभिन्न सीप तथा आयमुलक तालिम दिने गरेको बताउनु भयो ।

संस्थाका बाँसगढी शाखा प्रबन्धक हिक्मत ढकालको अध्यक्षतामा भएको एक दिने तालिममा पशु शाखा कार्यालय बाँसगढीका प्रमुख ठाकुर दयाल शाह, संस्थाका अनुगमन अधिकृत गोकर्ण प्रसाद जोशी लगायतको उपस्थिति रहेको थियो । व्यवसायिक बाख्रा पालन तालिमका सहभागीहरुलाई प्रमाण पत्र समेत प्रदान गरीएको थियो । कार्यक्रमको संचालन तथा सहजीकरण शाखाका सहायक दिपेन्द्र प्रसाद भट्टले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *