खोजि गर्नुहोस..

बर्दियाको बेलवाबज्जामा श्रीराम कथा ज्ञानयज्ञ सुरु


हुम कुमार चौधरी ।

बर्दियाको बारबर्दियामा श्रीराम कथा ज्ञानयज्ञ सुरु भएको छ । दिव्य ज्योती जागृती संस्था बारबर्दिया ३ को आयोजनामा वेलवाबज्जामा सोमबार देखी सात दिवसीय श्रीराम कथा ज्ञानयज्ञ सुरु भएको हो । धर्म संस्कृति संरक्षण सम्बद्र्धन गर्ने पवित्र उदेश्यका साथ श्रीराम कथा ज्ञानयज्ञ कार्यक्रम सञ्चालन गरिएको आशुतोष महाराज जीकी शिष्य साध्वी गितेश्वरी भारतीले बताउनु भयो । ज्ञानयज्ञको सोमबार भव्य कलश यात्रा गरिएको छ । बारबर्दिया ३ बेलवाबज्जाको कार्यक्रम स्थलबाट सुरु भएको कलश यात्रा जयनगर बजार, धामपुर हुदै विभिन्न ठाँउको परिक्रमा गर्दै कार्यक्रम स्थलमा पुगेर नरिवाल फुटाएर कार्यक्रमको सुरुवात गरिएको थियो । बुधबार साँझ ६ बजे देखी कथा प्रारम्भ हुने र ९ः३० बजे देखी आरती सँथै कथा समापन हुने छ ।

त्यस्तै माघ २२ गते सम्म प्रत्येक दिन श्रीराम कथा अवधिभर फरक फरक प्रसंगमा कथा बाचन हुने छ । पहिलो दिन श्रीरामको बाल लीला, जन्मोत्सव, होलीउत्व, भगवान शिवजीको विवाह, सिता स्वायम्बर लगायत अनेक संस्कारले भरिएका कथा प्रवचन रहने छ । श्रीराम कथा ज्ञानयज्ञ कथा बाचन कथा व्यास साधवी सुश्री रुपेश्वरी भारती जीको मुखार बिन्दुबाट कथा सुन्न सकिने छ । सोमबार देखी सुरु भएको श्रीराम कथा ज्ञानयज्ञ माघ २२ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ । ज्ञानयज्ञ कथा प्रर्वचनबाट भक्तजनलाई जिवनको उदेश्य, प्रकृती सँगको प्रेम, राष्ट्र प्रतिको जिम्मेवारी र कर्तव्य बोध लगाएतको ज्ञान मिल्ने आयोजक दिव्य ज्योती जागृती संस्था बारबर्दिया ३ बेलवाबज्जाले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *