खोजि गर्नुहोस..

बारबर्दिया नगरपालिका जनता प्रति उत्तरदायी नभएको एमाले,माओबादीको ठहरं


हुम कुमार चौधरी ।

बारबर्दिया नगरपालिका जनता प्रति उत्तरदायी बन्न नसकेको भन्दै एमाले र माओवादी केन्द्रले आपती जनाएका छन् । आईतबार नेकपा एमाले र नेकपा माओवादी केन्द्र बारबर्दिया नगर कमिटीले संयुक्त प्रेस विजेप्ती निकाल्दै नगर सरकार जनता प्रति उत्तरदायी बन्न नसकेको बताएका छन् । बारबर्दियाको समृद्धि र जनताको जीवन परिवर्तन ल्याउन सक्ने खास योजना ल्याउन नसकेको बरु अघिल्लो सरकारले गरेका निर्णय राजनैतिक पुर्वाग्रहको आधारमा उल्टाएको आरोप समेत लगाएका छन् । संयुक्त पत्रकार सम्मेलन गर्दै उनीहरुले आरसी थारु नगर अस्पतालको नाम परिवर्तन गर्ने जस्ता कार्यको गम्भिर ध्यानाकर्षण भएको समेत बताएका छन् ।

उनीहरुले आफुहरुले उठाएका विषयलाई गम्भिरता पुर्वक लिदै आगामी दिनमा जनताको अवस्था परिवर्तन र बारबर्दियाको सम्बृद्धिलाई मध्यनजर गरि बजेट, निती तथा कार्यक्रम ल्याएर स्थानिय सरकारले जनतालाई सेवा दिने बातावरण सहज बनाउनु पर्ने कुरामा जोड दिएका छन् । आगामी दिनमा यस्तो गलत प्रबृत्ति नदोर्याउन र दिर्घकालिन महत्वका निर्णयहरु गर्दा सर्वदलिय, सर्वपक्षिय सहमतिका आधारमा मात्र गर्नु पर्ने कुरामा जोड दिएका छन् । नेकपा एमाले र नेकपा माओबादी केन्द्र नगर किमिटी बारबर्दियाले रचनात्मक प्रतिपक्षको भुमिकामा रहेर नगर सरकारले गरेको राम्रा कामको स्वागत र नराम्रो कामको खवरदारी गर्दै आईरहेको जनाईएको छ । बर्दिया नगरपालिकामा स्थानिय निर्वाचनबाट नेपाली काँग्रेसको नेतृत्वमा सरकार गठन भएको दुई वर्षमै अनावश्यक दरवन्दी सृर्जना गर्दै आफ्नो मानिसलाई भर्ती गर्ने, नगरपालिकामा पुर्वाधार तयार नहुदै नगर प्रहरी ऐन बनाई आफ्ना कार्यकर्ता भरणपोषण गर्ने योजना बनाई आर्थिक व्यायभार थप्ने गरेकोले आपत्ति रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

बारबर्दिया नगरपालिकाको सम्बृद्धिको प्रमुख आधार कृषि उद्योग र पर्यटनलाई बढावा दिने कुनै योजना नल्याएको, स्वास्थ्य जस्तो सम्बेदनशिल क्षेत्रमा विज्ञ डाक्टर र दक्ष जनशक्तिको अभाव, औषधि खरिद प्रकृयामा ढिलासुस्तीका कारण विरामी औषधि उपचारबाट बञ्चित हुने, भुमिहिन दलित, भुमिहिन सुकमबासी, तथा अव्यवस्थित बसोबासीहरुको व्यवस्थापन गर्न ढीलाई गरेर नगर सरकार जनता प्रति उत्तरदायी बन्न नसकेको नेकपा एमाले र नेकपा माओबादी केन्द्र नगर समितीको संयुक्त हस्ताक्षरित प्रेस विज्ञिप्तमा उल्लेख गरिएको छ । साथै पत्रकार सम्मेलन गर्दै बारबर्दियामा नेकपा एमाले र नेकपा माओबादी केन्द्रले सहकार्य गर्ने सहमती गरेका छन । पत्रकार सम्मेलनमा नेकपा माओबादी केन्द्रका लुम्विनि प्रदेश सदस्य दुर्गा वहादुर विश्वकर्माले विगतको संमिक्षा गरेर सहकार्य गर्ने निर्णयमा पुगको बताउनु भयो ।

अहिलेको बारबर्दिया नगर सरकारले अघिल्लो सरकारले गरेको कामलाई उल्ट्याउदै आएको तर नयाँ काम केही गर्न नसेको अवस्थामा दवाव सृर्जना गर्ने र आगामी दिनमा विभिन्न संघ सस्था र २०८४ को निर्वाचनमा सहकार्य गर्ने रणनितीका साथ अगाडी बढेको विश्वकर्माले बताउनु भयोे । नेकपा एमालेका बर्दिया जिल्ला सचिव पदम ढकालले पनि कम्युनिष्ट विचार धाराका सम्पुर्ण शक्ति एक हुनु पर्दछ भन्ने सन्देश दिनको लागि बारबर्दियाबाट यो सहकार्यको सुरुवात गरेको बताउनु भयो । सहकार्य गर्ने अभियान बर्दिया जिल्ला भरी लैजाने रणनिति रहेको उहाले उद्घोष गर्नुभयो । नेकपा माओबादी केन्द्रका नगर अध्यक्ष दशरथ अगलपथ थारुले बारबर्दियाको कार्यकर्ता र भुगोल सुहाउने कार्यको थालनी गरेको बताउनु भयो । उहाले सहकार्य बारबर्दियाको जनताको आवश्यक्ता रहेको बताउदै यो अभियान माथिल्लो कुनै कमिटी सँग सल्लाह नगरेर नगर स्तरका कार्यकर्ताहरुको बृहत्त छलफल पछि निर्णय गरिएको बताउनु भयो । बारबर्दियामा गरेकोे निर्णय जिल्ला, प्रदेश र संघ स्तरको समितिले पनी सहर्ष स्विकार्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *