खोजि गर्नुहोस..

राष्ट्रिय बाणिज्य बैंकको ५९ औँ बार्षिकोत्सव, बाँसगढीमा वित्तिय साक्षरता कार्यक्रम


हुम कुमार चौधरी /

राष्ट्रिय वाणिज्य बैंक लि. बाँसगढी शाखाले ५९ औँ बार्षिकोत्सव भव्यताका साथ मनाएको छ । बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काको उपस्थितिमा केक काटेर बैंकको बार्षिकोत्सव भव्यताका साथ मनाईएको हो । बार्षिकोत्सव कार्यक्रममा आफ्नो भनाई राख्दै नगर प्रमुख खड्काले बैंकले उद्योगी व्यापारीहरुलाई मात्र नभई विपन्न बर्ग र उत्पादन क्षेत्रमा सहुलियत व्याजदरमा ऋण प्रवाह गरी नागरिकको जिवन स्तर माथि उकास्नु पर्ने कुरामा जोड दिनुभयो । नगर प्रमुख खड्काले बेलाबेला वित्तिय साक्षरता कक्षा सञ्चालन गर्नु पर्नेमा सुझाव दिदै बैँकको थप प्रगतीको कामना समेत गर्नुभयो । राष्ट्रिय वाणिज्य बैँकले बाँसगढी नगरपालिकामा सेवा दिएको ४ वर्ष पुरा भएको र आगामी दिनमा अझै सरल र सहज रुपमा सेवा सुविधा दिने बैंकका बाँसगढी शाखा प्रबन्धक बिष्णु गैरेले प्रतिवद्धता जनाउनु भयो ।

वार्षिकोत्सव कार्यक्रममा बाँसगढी ५ का वडा अध्यक्ष दहवा थारु, ईलाका प्रहरी कार्यालय मोतिपुरका प्रहरी प्रमुख शैलेश्वरी बोहरा, बाँसगढी नगरपालिकाका निर्वतमान उपप्रमुख सुष्मा चौधरी, कुमारी बैंक र सिद्धार्थ बैंकका शाखा प्रमुख लगाएतको सहभागिता रहेको थियो । राष्ट्रिय वाणिज्य बैंक लि बाँसगढी शाखा प्रवन्धक विष्णु गैरेको अध्यक्षतामा भएको बार्षिक उत्सव कार्यक्रममा सहायक प्रवन्धक विमला कुमालले स्वागत गर्नु भएको थियो । कार्यक्रममा विरिन्दा पौडेल र हेमन्त शर्माले बैंकले दिदै आएको सेवा प्रवाहको बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रमको सञ्चालन कर्मचारी रञ्जिता चौरीलेले गर्नु भएको थियो । राष्ट्रिय वाणिज्य बैंक लि. बुधबार माघ १० गते ५९ वर्ष पुरा गरी ६० औँ वर्षमा प्रवेश गरेको हो । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाम सहित २ सय ८५ शाखा कार्यालय, ६० वटा एक्सटेन्सन काउन्टर र २ सय वटा एटिएम मार्फत सेवा प्रवाह भईरहेको बाँसगढी शाखाले जनाएको छ ।

त्यस्तै राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५९ औँ बार्षिकत्सवको अवसरमा बाँसगढीमा वित्तिय साक्षरता कार्यक्रम गरिएको छ । राष्ट्रिय वाणिज्य बैंक लि. बाँसगढी शाखाले बैंकिङ्ग चेतना बृद्र्धि गर्ने उद्देश्यका साथ बुधबार वित्तिय साक्षरता कार्यक्रम गरेको हो । बैंकले समाज प्रतिको उत्तरदायीत्व बहन गर्दै बाँसगढी बहुमुखी क्याम्पसका विद्यार्थीहरुलाई लक्षित गरेर वित्तिय सारक्षरता कार्यक्रम गरेकोे राष्ट्रिय वाणिज्य बैंक लि. बाँसगढी शाखा प्रवन्धक बिष्णु गैरेले बताउनु भयो । वित्तिय साक्षरता कार्यक्रममा बाँसगढी शाखा प्रवन्धक विष्णु गैरेले बाणिज्य बंैकको परिचय, राष्ट्रिय वाणिज्य बैंकले दिने सेवा प्रवाह, बचत, कर्जा प्रवाह, चेक काट्दा ध्यान दिनु पर्ने कुरा, लकर सेवा, एटिएम प्रयोग लगाएतको बारेमा जानकारी दिनु भएको थियो । उहाँले बैंकको बाँसगढी शाखा मार्फत दिदै आएको सेवालाई अझै सरल, सहज र प्रभावकारी बनाउदै जाने समेत बताउनु भयो । वित्तिय साक्षरता कार्यक्रममा बाँसगढी बहुमुखी क्याम्पस प्रमुख ईश्वरी प्रसाद रिजाल, बैंक कर्मचारी र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *