बिन्दु चौधरी /
बर्दियाको बाँसगढीमा सञ्चालित वाईवाई बाँसगढी महोत्सवमा बर्दिया डान्स आईडल सिजन थ्री सुरु भएको छ । बर्दिया माघ महोत्सवबाट स्थानिय स्तरका प्रतिभालाई बाहिर ल्याउने र नयाँ कलाकार उत्पादन गर्न डान्स आईडल आयोजना गरिएको आईडल संयोजक तथा बाँसगढी उद्योग वाणिज्य सँंघका महिला उपाध्यक्ष मनु अधिकारीले बताउनु भयो । बर्दिया डान्स आईडलमा ५० बढी प्रतियोगिहरुले भाग लिएको र अडिसन राउण्डबाट ३० जना प्रतियोगितालाई छनोट गरि प्रतिस्पर्धामा उतारिएको छ ।
शनिबार पहिलो दिन ३० जना प्रतियोगित मध्य १५ जनालाई दोस्रो राउण्डका लागि छनोट गरिएको छ । बर्दिया डान्स आईडल सिजन थ्रीको दोस्रो राउण्डका लागि आरजु गुरुङ्ग, सिवानी वि.सि, नविना सुनार, आयुषा विक, प्रमोद सुनार, सरिता खड्का, मनिषा परियार, मनिषा सुनार, हरिकला रोकाय, खुसी सुनार, कोपिला विक, ललिता गन्धर्व, अनु चौधरी, शिरिषा परियार र स्मारिका सुनार छनोट भएको आईडल संयोजक अधिकारीले जानकारी दिनुभयो ।
बर्दिया डान्स आईडलको प्रमुख निर्णायक विष्णु विकले डान्स आईडल सुनौलो अवसर भएको र राम्रो कलाकार राम्रो डान्सर बन्ने अवसर भएको बताउनुभयो । विकले डान्स आइडलबाट कलाकारिता क्षेत्रको नयाँ बाटो खुल्ने र प्रतिष्पर्धीलाई म्युजिक भिडियो देखि राष्ट्रिय तहमा समेत स्थान दिईने बताउनुभयो । निर्णायक समितीको सदस्यमा मिनराज विक र प्रकाश विसि रहेका छन् । आइडलमा विजेता हुने प्रतियोगितलाई उचित पुरस्कारको समेत ब्यवस्था गरिएको आयोजकले जनाएको छ ।