खोजि गर्नुहोस..

बाँसगढी महोत्सवमा प्रमोद खरेलको धमाका, शनिबार जोति मगर आउदै


हुम कुमार चौधरी ।
बर्दियाको बाँसगढीमा जारी वाईवाई छैटौँ बाँसगढी औद्योगिक, कृषि, पर्यटन, व्यापार मेला तथा माघ महोत्सवमा गायक प्रमोद खरेलले दर्शकहरुलाई छमछमी नचाउनु भएको छ । शुक्रबार चर्चित गायक खरेलले चिसो चिसो माहोललाई गर्मा गर्मि बनाउदै धमाका मच्याउनु भएको थियो । गायक खरेलले ओई झुमा झुमा झुम्कावाली, हंगामा भो, म विना कसैकसैलाई मुस्कील छ पोखरामा, यो कुरा गोप्य नै राखौला, मागी मागी त्यो चोखो माया, म बाँचेकै तिमिसँग मायाँ लाउन, चल बतास चल लगायतका गित गाएर दर्शकहरुलाई भरपुर मनोरञ्जन दिनु भएको थियो ।

त्यस्तै बर्दियाली चेली लोकदोहोरी गायिका पुर्णकला विसि, मोडल अञ्जली अधिकारी र बर्दियाली थारु मोडल विवस चौधरीले पनि महोत्सव हेर्न आएका दर्शकहरुलाई झुमाएका थिए । महोत्सवमा शनिबार माघ ६ गते गायिका जोति मगर, गायिका अस्मीता अधिकारी, गायक आर के थारु र मोडल आरुसी अस्लामी मगरको आगमन हुने महोत्सव प्रचार प्रसार समिति संयोजक सञ्जु वलीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *