माघ ५ गते
जनसेवी प्राथमिक बिद्यालय दाङपुरको २४औं वार्षिक उत्सव तथा अभिभावक समारोह दिवस आज सम्पन्न भएको छ । बाँसगढी ६ दाङपुर दमौलीमा अवस्थित जनसेवी प्राथमिक बिद्यालय २०५६÷१०÷०६ गतेका दिन गाँउलेहरुको सक्रियतामा विद्यालयको स्थापना भएको आज २४औं वसन्त पारी २५औं वर्षमा प्रवेस गरेको छ । बिद्यालयलाई यस अबस्थामा ल्याई पुर्याउने सम्पर्ण अग्रजपर्ति धन्यवाद आभार व्यक्त गर्दै बिद्यालयका प्रधानाध्यापक लक्ष्मण रानाभाटले बिद्यालयको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
उहाँका अनुसार १४ कठ्ठा १४ धुर ऐलानी जग्गा भित्र जनसेवी प्राथमिक बिद्यालय रहेको छ । जस्मा १ देखि ५ कक्षा सम्मा छात्र ४४ जना र छात्रा ५८ जना गरी जम्मा १०२ जना बिद्यार्थीहरु अध्यायन गर्दछन् । त्यसको लागि ११ कोठाको ३ वटा भवन, ३ वटा सौचालय र २ वटा धारा रहेको छ । त्यस्तै बिद्यार्थीहरुलाई खेलकुदको लागि एउटा ठुलो चौर र चौरभित्र दुईवटा पिङ, दुईवटा चिप्लेटी र दुईवटा ढिकीच्याउको ब्यस्था रहेको प्रधानाध्यापक लक्ष्मण रानाभाटले जानकारी दिनु भयो । बिद्यालयको प्रतिवेदन प्रस्तुत गर्दै प्रधानाध्यापक रानाभाटले कक्षा कोठा अनुसार शिक्षकको संख्या अपुग रहेको बताउनु भयो । उहाँका अनुसार जनसेवी प्राथमिक बिद्यालयमा हाल १ स्थिाई, २ राहत गरी ३ जना शिक्षकको दरबन्दी छ । भने २ जना बालकक्षा सहयोगी र १ जना बिद्यार्थी कर्मचारी रहेको बताउनु भयो ।
जनसेवी प्राथमिक बिद्यालय दाङपुरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामफल थारुको सभाअध्यक्षतामा भएको दिवस कार्यक्रमको प्रमुख अतिथि बाँसगढीका शिक्षा शाखा प्रमुख मन प्रसाद रेग्मी रहनु भएको थियो । रेग्मीले प्रमुख अतिथिको आसनबाट बोल्दै अभिभावकहरु आफ्नो छोराछोरीको पढाई लेखाई संगै सरसफाईमा ध्यान दिनु पर्ने बताउनु भयो । उहाँले अभिभावकहरु साँचै आफ्नो छोराछोरीलाई माया गर्ने हो भने, समयमा खान, खाजा खुवाउन, बिद्यालयसम्म पु¥याउन, लिन र छोराछोरीसंग बसेर आज के के सिक्यो भनेर सोधपुछ गर्न सुझाव दिनु भयो । दिवस कार्यक्रममा बाँसगढी वडा नं ६ का वडा अध्यक्ष लाल बहादुर क्षेत्री, वडा सदस्य, शिक्षक, अभिभावक, बिद्यार्थी, सुरक्षाकर्मी, संघसंस्थाका प्रतिनिधि र सन्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।