खोजि गर्नुहोस..

थारु सांस्कृतिक नाँच डम्नीभिराउमा लक्षमणपुरको हुदुङग्वा नाँच प्रथम

विन्दु चौधरी
थारु सांस्कृतिक नाँच डम्नीभिराउ प्रतियोगितामा थारु साहित्य समुह लक्षमणपुरको हुदुङग्वा नाँच प्रथम स्थान ल्याउन सफल भएको छ । छैठो बाँसगढी औद्योगिक ब्यापार मेला तथा बर्दिया माघ महोत्सवक अवसरमा दुई दिने थारु सांस्कृतिक नाँच डमनीभिराउ प्रतियोगितामा थारु संस्कृति झल्किने नाँच प्रदर्शन गरिएको हो । डम्नीभिराउ प्रतियोगितामा द्धितिय रेशमपुर आमा समुहको मघौटा र नेवादा बरघर समुहको हुदुङग्वा नाँच तृतिय भएको निर्णायक मण्डलका संयोजक बलिराम चौधरीले जानकरी दिनुभएको छ । डब्नीभिराउ प्रतियोगितामा प्रथम हुने टोलीलाई १५ हजार नगद पुरस्कार, द्धितियलाई १० हजार र तृतिय हुने टोलीलाई ५ हजार नगद प्रमाण पत्र प्रदान गरिएको जनजाती सास्कृतिक तथा थारु गाउँ व्यवस्थापन समितिका संयोजक बाबुराम थारुले बताउनुभयो । त्यसैगरि सहभागी टिम शिर्जनसिल युवा क्लव बठुवा, अन्जान कृषक समुह बठुवा, मिलिजुलि थारु महिला समुह भैसासुर र हाउँपुर समुह सहभागि जनाएका थिए। सहभागिहरुलाई समेत प्रमान पत्र र नगद दुई हजार प्रदान गरिएको संयोजक थारुले बताउनुभयो । डब्नीभिराउ नाच प्रतियोगिताको लागि नगरभित्रका १३ वटा नाच टिम दर्ता भएको छ । जुन मध्ये ७ वटा नाच टोली मात्रै सहभागि जनाएका थिए । थारु समुदायको ऐतिहासिक कला सस्कृतिक संरक्षण गर्ने उद्देश्यले साँँस्कृतिक नाँच डम्नीभिराउ प्रतियोगिताको आयोजना गरिएको जनजाती सास्कृतिक तथा थारु गाउँ व्यवस्थापन समितिका संयोजक बाबुराम थारुले बताउनुभयो । थारु सांस्कृतिक नाँच डब्नीभिराउ प्रतियोगितामा बाँसगढी नगर उपप्रमुख इन्द्रिरा चौधरी, उद्योग बाणिज्य संघका अध्यक्ष तथा मुल आयोजक समितीका संयोजक बद्री बराल, नगर बरघर जोगिराम चौधरी, थारु कल्णाकारिणी सभाका नगर सभापति सिताराम चौधरी लगाएतको सहभागिता रहेको थियो । डब्नीभिराउ प्रतियोगिता कार्यक्रमको संचालन थारु कल्याणकारिणी सभा जिल्ला सदस्य राज थारुले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *