खोजि गर्नुहोस..

बाँसगढी माघ महोत्सवको पाँचौं दिन विहिवार मात्रै १५ हजार बढि टिकट कट्यो

माघ ४ गते
बाँसगढी उद्योग वाणिज्य संघद्वारा सञ्चालित बर्दिया महोत्सवको पाँचौं दिन विहिवार हजारौ दर्शकले अवलोकन गरेका छन् । छैठो बाँसगढी औद्योगिक, ब्यापार मेला तथा बर्दिया माघ महोत्सवमा आज एकै दिन १५ हजार बढि टिकट काटिएको आयोजकले जनाएको छ । बाँसगढी महोत्सवमा बिशेष गरी अभिनेता पल शाहलाई हेर्न भनेर हजारौ दर्शकले अवलोकन गरेको आयोजकले जानकारी दिएको छ ।

पुषको २९ गते देखि शुरु भएको मेलामा आज पाँचौ दिन सबै भन्दा बढि टिकट विक्री भएको उद्योग बाणिज्य संघका कोषाअधयक्ष शेरबहादुर सुनारले जानकारी दिनुभएको छ । जस्तै माघ १ गते ६ हजार टिकट काटिएको मध्ये ८ सय ८२ जना विद्यार्थीले ३० प्रतिशत छुटमा टिकट काटिएको थियो ।

माघ २ गते ४ हजार टिकटमध्ये विद्यार्थीले ७ सय र माघ ३ गते ३ हजार ८ सय मध्ये ७सय विद्यार्थीहरुले टिकट काटेको कोषाध्यक्ष सुनारले जानकारी दिनुभयो । माघ ५ गते महोत्सवमा प्रमोद खरेल, पुर्णकला विसी, अञ्जली अधिकारी र बिवस चौधरीको प्रस्तुति रहने प्रचार प्रसार संयोजक सञ्जु वली जनकारी दिनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *