खोजि गर्नुहोस..

अभिनेता पल शाहको बाँसगढी महोत्सवमा लोभलाग्दो क्रेस


वाईवाई छैटौ बाँसगढी औँद्योगिक, कृषि, पर्यटन, व्यापार मेला तथा माघ महोत्सवमा चर्चित अभिनेता पल शाहको लोभ लाग्दो क्रेज देखिएको छ । पछिल्लो समय युवा युवतीहरुको बिशेष रोजाई सँगै छुटै क्रेज बनाएका पलको बाँसगढी महोत्सवमा भने बालबालिका देखी बृद्धबृद्धा समेतको क्रेस लोभ लाग्दो देखिएको छ । महोत्सवको पाँचौ दिनमा मुख्य आकर्षकको रुपमा अभिनेता पल शाह आउने भए पछि दर्शकहरु महोत्सवमा खचाखच भरिएका थिए । नायक पललाई हेर्न बाँसगढी नै उर्लिएको छ । बिहिबार महोत्सवमा दर्शकहरु भरिभराउ हुदा महोत्सवको महोल नै गर्मागर्मि बन्यो ।

अभिनेता शाह स्टेजमा चढ्दा चारैतिर बाट दर्शकले पल शाह “हाई हाई“ भन्दै आवाज निकालिरहेका थिए । बिहानै देखी पलको पर्खाइमा बसेका दर्शकहरु पल स्टेजमा चढ्ने बित्तिकै हात हल्लाउदै होहल्ला गरे । शाहसंग हात मिलाउन अत्तुर दर्शकहरु तछाड मछाड गर्दै स्टेज नजिक पुग्न खोज्दा भिड अनियन्त्रीत बन्यो । भिड नियन्त्रण गर्न केही छिन सुरक्षाकर्मी र संयमसेवकलाई हम्मे हम्मे पर्यो । चर्चित नायक शाहलाई प्रत्यक्ष रुपमा हेर्न आएका दर्शकहरु शाहलाई देखेर निकै खुसी देखिएका थिए । नायक पल शाहको प्रस्तुतीले दर्शकहरु झुमेका थिए ।

त्यस्तै विहिबार लोकदोहोरी गायक खेम सेञ्चुरीले दर्शकलाई मनोरञ्जन दिनुभएको छ । गायक सेञ्चुरीले गीत गाउँदा दर्शकले उहाँसँगै गीत गाउदै छमछमी समेत नाचेका थिए् । गायक सेञ्चुरीले सुर्ती माड्दै माड्दै, सोँचेझै जिन्दगी रैनछ, खोली तारी देउन माझी दाई’ लगायतका गीत गाउँदा दर्शकले हुटिङ, ताली र नाचेर साथ दिएका थिए । उहाँसंगै मोडल रुविना अधिकारीले दर्शकलाई आफ्नो प्रस्तुति मार्फत भरपुर मनोरञ्जन प्रदान गर्नुभएको महोत्सव प्रचारप्रसार समिति संयोजक सञ्जु वलीले जानकारी दिनुभयो । महोत्सवमा शुक्रबार माघ ५ गते गायक प्रमोद खरेल, पुर्णकला विसी, मोडल अञ्जली अधिकारी र बिवस चौधरी आउने प्रचार प्रसार संयोजक वलीले जानकारी दिनु भयो । पौष २९ गते देखि सञ्चालन भएको महोत्सव माघ ७ गतेसम्म सञ्चालने हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *