खोजि गर्नुहोस..

बाँसगढी महोत्सवमा लागूऔषध दुर्व्यसन विरुद्ध सचेतना कार्यक्रम गर्दै  प्रहरी 

इलाका प्रहरी कार्यालय मोतिपुरले लागूऔषध दुर्व्यसनी न्यूनिकरण सम्बन्धी सचेतना मूलक कार्यक्रम गरेको छ । वाई वाई छैटौँ बाँसगढी औँद्योगिक, कृषि, पर्यटन, व्यापार मेला तथा माघ महोत्सवमा प्रहरीले नागरिक सहायता कक्ष राखी सचेतना मूलक कार्यक्रम गरेको हो । 


महोत्सवमा हेर्न आउने दर्शकलाई प्रहरीले लागूऔषध प्रयोगबाट हुने असरका बारेमा प्रत्येक दिन सचेतना मूलक कार्यक्रम आइरहेको  छ । इलाका प्रहरी कार्यालय मोतिपुरको प्रमुख प्रहरी निरीक्षक शैलेश्वरी बोहराले महोत्सव हेर्न आउनु भएका एक हजार दर्शकलाई प्रहरी टोली खटाइ सचेतना मूलक कार्यक्रम गर्दै लागूऔषधले पार्ने असरको बारेमा प्रहरी कार्यालयले तयार गरेको पाँच सय पोस्टर पम्पलेट  वितरण गरिएको बताउनु भयो । 


प्रहरी निरीक्षक बोहराले कतिपय विद्यालय जाने बालबालिका र अन्य युवाहरू लागूऔषधको  प्रयोगले कस्तो असर पर्छ भन्ने थाहा नपाउँदा लागूऔषघको दुर्व्यसनी हुने गरेको बताउनु भयो । 


उहाँले भन्नुभयो, ‘लागूऔषध प्रयोगलाई निरुत्साहित गर्न लागि सबैभन्दा पहिला परिवार सचेत हुन जरुरी छ । आफ्नो छोराछोरीको आनीबानीमा कति परिवर्तन आएको छ , त्यो परिवर्तन किन आयो यस्ता कुरामा परिवार सचेत हुन जरुरी छ । लागूऔषध दुर्व्यसनीलाई  सबैले साझा समस्याको लिएर त्यसको न्यूनिकरणको लागि सबै लाग्न सक्ने लागूऔषध प्रयोग न्यूनिकरण हुन सक्छ । ’


इलाक प्रहरी कार्यालय मोतिपुरले सामुदायिक साझेदारी कार्यक्रमअन्तर्गत   समुदाय र विद्यालयमा विभिन्न सचेतना मूलक कार्यक्रम सञ्चालन गर्दा आएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *