खोजि गर्नुहोस..

बर्दिया माघ महोत्सवको उपप्रधान मन्त्री खड्का द्धारा उद्घाटन


“घुम्न जाऔँ बाँसगढी महोत्सव” भन्ने मुल सन्देसका साथ बर्दिया माघ महोत्सव सुरु भएको छ । स्थानिय लोक संस्कृति झल्कने भेषभुषा, झाँकी सहितको भव्य र्यालीका साथ वाईवाई छैठौ बाँसगढी औद्योगिक, कृषि, पर्यटन व्यापार मेला तथा बर्दिया माघ महोत्सव आईतवार उद्घाटन गरिएको हो । महोत्सवको नेपाल सरकारका उपप्रधान तथा रक्षा मन्त्री पुर्ण बहादुर खड्काले बिशेष समारोहका बिच उद्घाटन गर्नुभयो । महोत्सवको उद्घाटन गर्दै मन्त्री खड्काले महोत्सवले बाँसगढीलाई आर्थिक, व्यापारिक र शैक्षिक नगरिको रुपमा विकास गर्र्ने कुरामा जोड दिनुभयो । बर्दिया क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकिय स्थलहरुलाई व्यवस्थित तवरमा विकासका गर्न सके धार्मिक, साँस्कृतिक र पर्यटनको विकास गर्न सहयोग पुग्ने बताउनु भयो । मन्त्री खड्काले जसका लागि स्थानिय तह, प्रदेस र संघिय सरकार सँग समन्वय गर्दै बिशेष अभियान सञ्चालन गर्न अनुरोध समेत गर्नुभयो । बर्दियामा मानव वन्यजन्तु द्धन्द्ध बढ्दै गएकोले समस्या समाधानका लागि स्थानीय समुदाय र तीनवटै तहका सरकार मिलेर सामाधान खोज्नु पर्ने बताउनु भयो ।

महोत्सबको उद्धेश्य माथि प्रकाश पार्दै मेला मुल समिति संयोजक तथा उद्योग बाणिज्य संघका अध्यक्ष बद्री बरालले बर्दिया जिल्लाको चौतफी विकास र समृद्धिका लागि बर्दिया माघ महोत्सवको आयोजना गरिएको बताउनु भयो । बाँसगढीलाई धार्मिक पर्यटकीय, कृषि, औद्योगिक रुपमा पहिचान गराउन स्थानिय सरकार, प्रदेश सरकार तथा संघिय सरकार लगाएत सबै सरोकार वालाहरुले भुमिका खेल्नु पर्नेमा बरालको जोड थियो । उद्धघाटन समारोहमा संघिय सासद संज्य गौतम, पुर्व खानेपानी मन्त्री अब्दुल खाँ, शोभा ज्ञवाली, लुम्विनि प्रदेश सभा सदस्य जन्मजयन तिमिल्सिना, भुवनेश्वर चौधरी, बाँसगढी नगरपालिका नगरप्रमुख खड्क बहादुर खड्का, निर्वमान नगरप्रमुख शालिकराम अधिकारी, उद्योग बाणिज्य संघ नेपालगञ्जका अध्यक्ष अब्दुल वाहदि मन्सुरी लगाएतले शुभकामना राख्दै महोत्सबको सफलताको कामना गर्नुभएको थियो । २९ गते देखि सुरु भएको महोत्सव माघ ९ गते सम्म सञ्चालन हुने छ ।

मेलामा १ सय २० स्टल निर्माण गरेर स्थानिय स्तरमा उत्पादित विभिन्न वस्तु प्रदर्शनी, राष्ट्रिय तथा स्थानिय कलाकारको बेजोड प्रस्तुती समेत रहने छ । मेलामा संस्कृति संरक्षणका लागि थारु गाँउको व्यवस्था संगै माघ ४ र ५ गते थारु सांस्कृतिक नाँच डवनी भिराउ समेत हुने छ । महोत्सवमा यो क्षेत्रको नव प्रतिभावानहरुको लागि ६, ७, ८ र ९ गते बर्दिया डान्स आइडल सञ्चालन हुने छ । महोत्सवको उद्धघाट समारोहको स्वागत बाँसगढी उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष शिव देवकोटा गर्नु भएको थियो भने सञ्चालन महासचिव बिकास गौतमले गर्नु भएको थियो । महोत्सवमा माघ १ गते माघिका दिन चर्चित गायक तथा मोडल चक्र बम, गायक नरेश जोगी, गायिका सोनु कुष्मी र मोडल सदिक्षा चौधरी आउने आयोज बाँसगढी उद्योग वाणिज्यले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *