छैटौ बाँसगढी औद्योगिक ,कृषि, पर्यटन व्यापार मेला तथा बर्दिया माघ महोत्सव २०८० को तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सवको प्रचार प्रसार देखी महोत्सव स्थलमा स्टल निर्माण, गेट निर्माण देखी थारु गाँउ, विभिन्न बाल उद्यानको निर्माण काम तिव्र गतिमा भईरहेको छ । बाँसगढी उद्योग वाणिज्य सँघको मुख्य आयोजनामा पौष २९ गते देखी माघ ९ गते सम्म सञ्चालन हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । मैनापोखर जाने बाटो र मिलन चोकको बिचमा पुर्बपश्चिम राजमार्गको उतर तर्फ महोत्सव स्थल निर्माण गरिएको छ ।
महोत्सवको उद्घाटन नेपाल सरकारका उपप्रधान तथा रक्षा मन्त्री पुर्ण बहादुर खड्काले गर्ने कार्यक्रम तय भएको महोत्सव मुल समिति संयोजक तथा बाँसगढी उद्योग वाणिज्य सँघका अध्यक्ष बद्री बरालले बताउनु भयो । त्यस्तै मेलाको प्रचार प्रचारलाई पनि तिव्र पारिएको प्रचार प्रसार समिति संयोजक सञ्जु वलीले बताउनु भयो । प्रचार प्रसारको लागि स्थानिय तथा राष्ट्रिय स्तरका बिभिन्न मिडिया, छापा तथा अनलाईन पत्रिका, समाजिक सञ्जाल, पोस्टर पप्पेलेट, व्यानर सगै दैनिक माईकिङ्ग तथा डिजे मार्फत प्रचार प्रसारलाई ब्यापक बनाएको प्रचार प्रसार संयोजक वलीले बताउनु भयो । महोत्सवमा औद्योगिक तथा व्यापारिक, घरेलु तथा साना उद्योग, कृषि तथा हस्तकला लगायत पर्यटन सुचना मुलक १ सय २० स्टलहरु रहने छन ।