खोजि गर्नुहोस..

बर्दियाको मैनापोखरमा प्रथम प्रादेशिक बढैयाताल महोत्सव सुरु

पुस २६ गते
बर्दियाको मैनापोखरमा प्रथम प्रादेशिक बढैयाताल महोत्सव सुरु भएको छ । कृषि पर्यटन, उद्योग, ब्यापारको प्रवद्र्धन र रोजगारी, प्रादेशिक महोत्सव २०८० बढै्यातालको चिनारी भन्ने नाराका साथ बिहिबार संघिय सांसद संजय कुमार गौतमले महोत्सवको उद्घाटन गर्नुभयो । मेला उद्घाटनमा पहिले स्थानिय भेषभुषा सहितको बिभिन्न झाँकी सहित र्याली निकालीएको थियो । र्यालीमा २० हजार बढीको सहभागिता थियो ।

बढैयाताल उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मुल समिति संयोजक बालकृष्ण लामिछानेको अध्यक्षतामा संघिय सांसद संजय कुमार गौतमले उद्घाटन गरेको, उद्घाटन समारोहमा संघिय सांसद सोभा ज्ञवाली, शान्ति चौधरी, लक्ष्मी तिवारीको सहभागिता थियो । त्यस्तै प्रदेश संसद भुबनेश्वर चौधरी, राज कुमार चौधरी, जन्मजय तिमिल्सेना, जिल्ला समन्वय समित बर्दियाका प्रमुख सूर्य बहादुर बिष्ट, उद्योग बाणिंज्य महासंघ लुम्बिनी प्रदेशका कृष्ण प्रसाद शर्मा, बढैयाताल गाँउपालिका अध्यक्ष हिमालय तिपाठी लगायत बर्दियाका सबै स्थानीय तहका प्रमुख, उपप्रमुहरुको उपस्थिति रहेको थियो ।

बढैयाताल उद्योग वाणिज्य सँघको मुख्य आयोजनामा सुरु भएको महोत्सव माघ ७ गते सम्म चल्ने छ । महोत्सवमा १ सय ५० बढी स्टल निर्माण गरिएका छन । महोत्सव करिव २ लाख दर्शकहरु अवलोकन गर्ने आयोजकले जनाएको छ । धार्मिक तथा पर्यटकिय स्थल एक सय गन्तब्य सुचिमा पर्न सफल सिमसार क्षेत्र बढै्याताल, पिक्नीक स्पोटको अवलोकन गर्नुको साथै थारु आदिवासी तथा सिमान्तकृत समुदायको भेषभुषा तथा संस्कृतिक प्रदर्शनी, बाल उद्याम, औद्योगीक प्रदर्शनी, घरेलु तथा कृषि प्रदर्शनी रहनुका साथै भोली शुक्रबार देखी राष्ट्रिय ख्याती प्राप्त तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजक समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *