खोजि गर्नुहोस..

बर्दियामा माघि पर्वको रौनक बढ्दै, डेउढाकलामा माघ महोत्सव भव्य


बिन्दु चौधरी ।।
थारु समुदायले महान चाडका रुपमा मनाईने माघिको बर्दियामा रौनक बढ्न थालेको छ । थारु समुदायले बिशेष महत्वका साथ मनाईने माघि पर्व आउन केही दिन बाँकी छ । माघि अवसरमा माघ महोत्सव तथा विभिन्न कार्यक्रमहरु धमाधम सञ्चालन हुन थालेका छन् । माघ पर्वको अवसरमा सोमबार बाँसगढी ७ डेउढाकलामा माघ महोत्सव २०८० भव्य रुपमा मनाईएको छ । ५ हजार बढी दर्शकहरुको उपस्थितिमा माघ महोत्सव भब्य रुपमा मनाईएको हो । बाँसगढी नगरपालिका ७ नं वडा कार्यालयको आयोजनामा भएको माघ महोत्सवमा वडा भित्रका १५ वटा समूह सहभागी भएका थिए ।

महोत्सवमा विभिन्न जातिका विभिन्न नृत्य एवं गीतहरू प्रस्तुत गरिएको थियो । साथै थारूहरूले परम्परागत पोशाक, गरगहनासहितको मौलिक नृत्य प्रस्तुत गरेका थिए । प्रतियोगितामा सहभागी प्रतिसमुहलाई १।१ हजार रुपैया प्रदान गरिएको बाँसगढी वाड नं ७ का वडाअध्यक्ष वलिराम चौधरीले जानकारी दिनभयो । कार्यक्रममा बाँसगढी वाड नं. ७ का अध्यक्ष वलिराम चौधरीले वडा कार्यालयमार्फत माघीको अवसर पारेर माघ महोत्सवलाई भव्य रूपमा मनाउन शुभकामना आदान प्रदानसँगै विभिन्न समुदायको मौलिक नृत्य तथा झाँकी प्रर्दशन गरिएको बताउनुभयो ।

वडा अध्यक्ष चौधरीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि बाँसगढी नगरपालिकाका नगर प्रमुख खड्क बहादुर खड्काले संस्कृति संरक्षणमा सबैको सहकार्य र अपनत्व हुन आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले कला, संस्कृति, रितिरिवाज समाजमा अमूल्य निधि भएकाले पुस्तान्तरणमा विशेष ध्यान दिएर नयाँ पुस्तालाई सकारात्मक विषय अंगीकार गराउन प्रेरित गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा बाँसगढी नगर उपप्रमुख इन्दिरा चौधरीले थारू समुदायले महत्वपूर्ण चाडका रूपमा लिदै आएको माघलाई बचाउने र सामाजिक रूपान्तरण मार्फत विकाससँग जोड्न महोत्सवले सहयोग पु¥याउने बताउनुभयो । महोत्सवमा कार्यक्रमको संचालन वडासदस्य तेजराम थारुले गर्नुभएको थियो । भने स्वागत सरिता तिवारीले गर्नुभएको थियो । महोत्सवमा करिव ५ हजार दर्शकहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *