खोजि गर्नुहोस..

रामजानकी मावि भैसासुरमा विद्यार्थी सँग नगर प्रमुख कार्यक्रम


हुम कुमार चौधरी ।


रामजानकी माध्यामिक विद्यालय भैसासुरले विद्यार्थी सँग नगर प्रमुख कार्यक्रम सञ्चालन गरेको छ । विद्यालयले आफ्नो ४१ औँ बार्षिक उत्सवको अवसरमा आयोजित विभिन्न कार्यक्रम अन्तर्गत मंगलबार विद्यार्थी सँग नगर प्रमुख कार्यक्रम सञ्चालन गरेको हो । बार्षिक उत्सवको अवसरमा विद्यालय सुधारका लागि विद्यालयले अवको ५ दशकमा रामजानकी माध्यमिक विद्यालय कस्तो भन्ने विषयमा निवन्ध लेखन प्रतियोगिता, ५ दशकमा रामजानकी माध्यमिक विद्यालयको स्वरुप कस्तो भन्ने विषयमा चित्रकला प्रतियोगता, घर घरमा रामजानी भन्ने घरदैलो कार्यक्रम, कक्षा १ देखी ३ सम्मका विद्यार्थीहरुको मिठाई दौड, कक्षा ४ देखी ६ कक्षा सम्मको कुर्सी दौड प्रतियोगिता समेत गरिरहेको रामजानकी मावि भैसासुरका प्रधानाध्यापक नारायण प्रसाद शर्माले जानकारी दिनुभयो । स्थानिय सरकारबाट गरिने कार्य, योजना, प्रदान गरिने सेवा सुविधाका बारेमा विद्यार्थीहरुलाई जानकारी हुने र विद्यालय र विद्यार्थीहरुका समस्याहरु पनि स्थानिय सरकार सम्म पुर्याउने उदेश्यका साथ विद्यार्थी सँग नगर प्रमुख कार्यक्रम सञ्चालन गरिएको प्रधानाध्यापक शर्माले बताउनु भयो ।

कार्यक्रममा बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले स्थानिय सरकारको संरचना, सञ्चालन प्रक्रिया, योजना लगायतका बारेमा विद्यार्थीहरुलाई जानकारी गराउनु भएको थियो । कार्यक्रममा विद्यार्थीहरुले नगरमा भईरहेको शिक्षा, स्वास्थ्य, कृर्षि, रोजगार, प्रविधि, विकास निर्माण, बालविवाह, भष्ट्रचार, छात्रबृत्ति लगाएतका विषयमा सवाल गरेका थिए । विद्यार्थीहरुले उठाएका सवालहरुको नगर प्रमुख खडकाले जवाफ समेत दिनुभएको थियो । विद्यार्थी भविष्यका कर्णधार रहेकोमा जोड दिदै नगर प्रमुख खड्काले नगरमा शिक्षा क्षेत्रको विकास र गुणस्तर बृद्धिका लागि लागि परेको बताउनु भयो । बाँसगढी नगरपालिकाले शिक्षा क्षेत्रको विकासका लागि ४ करोड ५० लाख बजेट विनियोजन गरिएको समेत बताउनु भयो । कक्षा १ देखी ८ सम्म अनिवार्य तथा निशुल्क शिक्षा लागु गरिएको र आर्थिक अभावका कारण उच्च शिक्षाबाट बञ्चित गरिव तथा विपन्न परिवारका बिद्यार्थीहरुका लागि पढदै कमाउदै कार्यक्रमको अवधारण ल्याएको र ७० जना विद्यार्थीहरुलाई कार्यक्रममा आवद्ध गराउने योजनामा रहेको बताउनु भयो ।

त्यस्तै नगर प्रमुख खड्काले कम्प्युटर शिक्षा, स्वास्थ्य, रोजगार, विकास निर्माण, भ्रष्टाचार बालविवाह न्युनिकरण लगाएतको विषयमा पनि नगरपालिका दृढताका साथ अगाढी बढीरहेकोमा जोड दिनुभयो । त्यस्तै कार्यक्रममा बाँसगढी वडा नं ८ का वडा अध्यक्ष तुल प्रसाद गौतमले विद्यालय सुधार र गुणस्तरिय शिक्षाको लागि सक्दो सहयोग गर्ने बताउनु भयो । उहाँले विद्यार्थी भविष्यको कर्णधार भएकोले देशको अब्बल नागरिक बन्नको लागि सक्रिय र लगनशिल भएर अध्ययन गर्न विद्यार्थीहरुलाई अनुरोध समेत गर्नु भयो । विद्यालयका क्याप्टेन चन्द्र बहादुर बुढाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद शर्माले स्वागत तथा कार्यक्रमको उदेश्य र महत्वको जानकारी गराउनु भएको थियो ।

कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक खगेन्द्र चन्दले गर्नु भएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यादव बहादुर खड्का, शिक्षक अभिभावक संघका अध्यक्ष कृष्ण प्रसाद सापकोटा, विद्यालय बाल क्लवका अध्यक्ष, ईको क्लवका अध्यक्ष, शिक्षक अभिभाबक, विद्यार्थी लगाएतको सहभागिता रहको थियो । रामजानकी मावि भैसासुरले माघ २७ गते ४१ औ बार्षिक उत्सवको बिशेष समारोहको आयोजना गर्ने र सोही दिन अभिभावकहरुको लागि घौटो फोर खेल, विद्यालयको सम्रग प्रतिवेदन र बिभिन्न विद्यामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरुस्कार वितरण गरिने विद्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *