विन्दु चौधरी
थारु समुदायको कला संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले बर्दियाको गुलरियामा थारु सांस्कृतिक माघ महोत्सव हुने भएको छ । थारु कल्याणकारिणी सभा बर्दियाको आयोजनामा माघको १ गते देखि ३ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको हो । थारु भाषा, कला, संस्कृति लोप हुँदै गइरहेको अवस्थामा संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले थारु सांस्कृतिक माघ महोत्सव आयोजना गर्न लागिएको थारु कल्याणकारिणी सभा बर्दियाका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक विर बहादुर चौधरीले जानकारी दिनुभयो । महोत्सवमा थारु नृत्य, थारु हस्तकलासँगै थारु परिकार, थारु गरगहना लगायतका विभिन्न परिकार राखिने थारु कल्याणकारिणी सभा बर्दियाका जिल्ला सदस्य राज थारुले जानकारी दिनुभयो । साथ साथै थारु आयोग बर्दियाले थारु समुदायले लोकसेवा तयारी कक्षा लिन चाहे थारु कल्याणकारिणी सभा मार्फत सिफारिस गराई निशुल्क हुने जानकारी जनाएको छ ।