खोजि गर्नुहोस..

बाँसगढीमा जग्गा दर्ता फारमको निस्सा वितरण कार्य तिव्र


विन्दु चौधरी ।
बर्दियाको बाँसगढीमा भुमिहिन दलित, भुमिहिन, सुकुम्वासी र अब्यवस्थित बसोबासीलाई जग्गा दर्ता फारमको निस्सा वितरण कार्यलाई तिव्र पारिएको छ । बाँसगढी नगरपालिकाले १ देखी ९ वटै वडामा घुम्ति शिविरको आयोजना गरी भुमिहिन दलित, भुमिहिन, सुकुम्वासी र अब्यवस्थित बसोबासीलाई जग्गा दर्ता फारमको निस्सा वितरण कार्यलाई तिव्रता दिएको हो । नगरले वडा मार्फत १ र २ वडाका भुमिहिन दलित, भुमिहिन, सुकुम्वासी र अब्यवस्थित बसोबासीलाई जग्गा दर्ता फारमको निस्सा वितरण गरि सकेको छ भने आईतबार बाँसगढी वडा नं ६ का ७ सय १९ जनालाई निस्सा वितरण गरिएको छ ।

बाँसगढी नगरपालिका वडा नम्वर ६ ले आयोजना गरेको कार्यक्रममा बाँसगढी नगर प्रमुख खड्क बहादुर खड्का र वडा अध्यक्ष लाल बहादुर क्षेत्रीले संयूक्त रुपमा जग्गा दर्ता फारमको निस्सा वितरण गर्नुभएको हो । कार्यक्रममा बोल्दै बाँसगढी नगरपालिकाका नगर प्रमुख खड्काले कुनै पनि भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासी लालपुर्जा विहीन नहुने बताउनुभयो ।

नगर प्रमुख खड्काले धेरै वर्षदेखि समस्याको रुपमा रहदै आएको भुमिहिन सुकुम्बासी समस्या र अव्यवस्थित बसोबासीलाई जग्गा दर्ता फारमको निस्सा वितरण भएसंगै अव तत्कालै नाप जाँचको काम शुरु गर्ने र आगामी २०८१ कार्तिक सम्ममा सुकुम्बासी समस्या समाधानतर्फ उन्मुख हुने बताउनु भयो । उहाँले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुले प्राप्त गरेको निस्सालाई कमजोर नठान्न आग्रह समेत गर्नुभयो । बाँसगढी नगरपालिका वाड नं ६ का वडा अध्यक्ष लाल बहादुरक्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य, वडासदस्य लगाएत वाडबासीहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *