पुस ६ गते
बाँसगढी नगरपालिकामा एकिकृत शैक्षिक ब्यवस्थापन प्रणाली तथा नतिजा बिश्लेषण संम्बन्धी पहिलो चरणको दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । एक्सन एड नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्र बर्दियाको आर्थिक सहयोग र बाँसगढी शिक्षा युवा तथा खेलकुद बिकास शाखाको आयोजनामा दुई दिने अभिमुखीकरण संन्चालन भएको थियो । स्थानीय अधिकार कार्यक्रम अन्र्तगत संन्चालन भएको कार्यक्रममा बाँसगढी नगर भित्रका सरकारी तथा बोडिङ स्कुलका २७ जना कम्प्युटर संम्बन्धी काम गर्ने शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो ।
तालिममा सहभागि शिक्षकहरुले धेरै प्रभावकारी भएको बताएका थिए । तालिम पश्चात अव बिद्यालयको शैक्षिक सुधार हुनुका साथै शिक्षक तथा बिद्यार्थीहरुको रेकर्ड राख्ने र सो रेकर्डको आधारमा प्रत्येक बर्ष प्रगति बिवरण देखाउन सक्ने सक्षम भएको सहभागिहरुले बताएका थिए । कार्यक्रममा बाँसगढी शिक्षा शाखा प्रमुख मन प्रसाद रेग्मीले सहभागि शिक्षकहरुलाई प्रबिधिसंग जोडीएर अगाडी बढ्न सुझाव दिनु भएको थियो । साथै शिक्षकहरुलाई चाहिने बिभिन्न खाले वाइपसाईड हेर्न समेत सुझाव दिनु भयो ।
संस्थाले बिगत बर्ष देखि नै गरिव, बिपन्न, मुक्तकमैया, कमलरीहरुको जिविकोपार्जन संग जोडिएर काम गरीरहेको संस्थाका कार्यक्रम संयोजक जितराम चौधरीले बताउनु भयो । पछिल्लो समय संस्थाले शिक्षा, स्वास्थ्य, भौतिक संरचना मर्मत र नगरभित्रका कृर्षकहरुको बर्गिकरणसमा समेत सहयोग गरेको संस्थाका कार्यक्रम संयोजक चौधरीले बताउनु भयो ।
पहिलो चरणको दुई दिने अभिमुखीकरणको सहजिकरण बाँसगढी शिक्षा शाखा अधिकृत क्षत्र बहादुर शाहीले गर्नु भएको थियो । भने अव दोश्रो चरणको यही तलिम फेरी पुसको ११ र १२ गते गर्ने संस्थाका कार्यक्रम अधिकृत जयराम चौधरीले जानकारी दिनु भएको छ । यो ४ वटा कार्यक्रम संन्चालनको लागि संस्थाले १ लाख ५ हजार खर्च गरेको छ ।