पुस १२ गते
एकिकृत शैक्षिक ब्यवस्थापन प्रणाली तथा नतिजा बिश्लेषण संम्बन्धी दुई दिने अभिमुखीकरण बाँसगढीमा सम्पन्न भएको छ । एक्सन एड नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्र बर्दियाको आर्थिक सहयोग र बाँसगढी शिक्षा युवा तथा खेलकुद बिकास शाखाको आयोजनामा दुई दिने अभिमुखीकरण भएको हो । स्थानीय अधिकार कार्यक्रम अन्र्तगत यही कार्यक्रम पुस ५ र ६ गते पहिलो चरणमा २७ जनालाई तालिम दिइएको थियो । बिहिबार दोश्रो चरणमा २७ जना तालिम दिइएको हो । बाँसगढी नगरपालिकामा सरकारी तथा बोडिङ स्कुल गरी जम्मा ५४ वटा बिद्यालयहरु रहेका छन् ।
बिद्यालयका शिक्षकहरुलाई संगै राखेर कार्यक्रम गर्न असहज भएको कारण २७।२७ जनाको समूह बनाएर कार्यक्रम गर्नु परेको संस्थाका कार्यक्रम अधिकृत जयराम चौधरीले बताउनु भयो । २।२दिनको दुई चरणको तालिमबाट बाँसगढी नगरभित्रका ५४वटै बिद्यालयका शिक्षकहरुले तालिम लिइसकेपछि अव शैक्षिक क्षेत्रमा सुधार आउने आपेक्षा गरीएको संस्थाका कार्यक्रम संयोजक जितराम चौधरीले बताउनु भयो ।
संस्थाले गरेको आपेक्षा अनुसार सहभागि शिक्षकहरुले पनि तालिममा सहभागि भएपश्चात बिद्यार्थी बिवरण, बिद्यार्थीको प्रगति बिवरण, शिक्षक तथा बिद्यालय ब्यवस्थापन समितिले गरेको निर्णय र बिद्यालयको प्रगति बिवरण इमियुस सफट वयर मार्फत सुरक्षित साथ राख्न सक्ने भएको बताएका थिए । यसरी बिद्यालयले सुरक्षित राखेको दाता अनुसार नगरभरीको शैक्षित क्षेत्रको अवस्था थाहा हुने र त्यसलाई आधारमानी क्रमिक रुपमा शिक्षण क्षेत्रलाई सुधार गर्न सकिने बाँसगढी शिक्षा शाखा प्रमुख मन प्रसाद रेग्मीले बताउनु भयो । दुई दिने कार्यक्रमको सहजिकरण बाँसगढी नगरपालिकाका शिक्षा शाखा अधिकृत क्षत्रबहादुर शाहीले गर्नु भएको थियो भने कार्यक्रम संन्चालन संस्थाका सामाजिक परिचालिका ममता माँझीले गर्नु भएको थियो ।