खोजि गर्नुहोस..

बर्दिया माघ महोत्सवमा थारु पहिचान सहितको डब्नीभिराउ कार्यक्रम


बिन्दु चौधरी ।
छैठौ बाँसगढी औद्योगिक, कृषि, पर्यटन व्यापार मेला तथा बर्दिया माघ महोत्सवमा थारु पहिचान सहितको नाच तथा साँस्कृतिक डब्नीभिराउ कार्यक्रम हुने भएको छ । बाँसगढी उद्योग वाणिज्य संघको आयोजनामा यहि पौष २९ गते देखी माघ ९ गने सम्म सञ्चालन हुने बर्दिया माघ महोत्सवमा थारु प्हिचान सहितको डब्नीभिराउ कार्यक्रम हुने भएको हो । थारु समुदायको ठुलो पर्ब माघिलाई लक्षित गर्दै माघ ४ र ५ गते साँस्कृतिक डब्नीभिराउ कार्यक्रम गर्ने महोत्सव मुल आयोजक समिति संयोजक तथा बाँसगढी उद्योग वाणिज्य सँघका अध्यक्ष बद्री नाथ बरालले बताउनु भयो ।

अध्यक्ष बरालले कार्यक्रममा सहभागिताका लागि टिम दर्ता गर्न समुह तथा क्लवहरुलाई आह्वान समेत गर्नुभएको । डब्नीभिराउ कार्यक्रममा बिभिन्न समय र चार्डपर्वमा गाईने र नाचिने नाँच मध्य मघौटा, छोक्रा, महोत्या र हुदुङ्गवा नाँचलाई मात्र सहभागि गराईने छ । कार्यक्रममा मन्दरीया र नचनिया सहित १२ जना टोली हुनु पर्ने, थारु जातीको पहिरण तथा सन्देश मुलक गितलाई प्राथमिकता दिईने जनाईएको छ । नाच टिम दर्ता तथा नाच प्रस्तुत गर्ने दिन नाच टोलीलाई निशुल्क टिकटको व्यवस्था समेत गरिने छ । कार्यक्रममा सहभागि सबै टिमलाई सम्मान पत्र सहित प्रथम, द्धितिय र तृतिय हुने टिमलाई उचित पुरस्कारको व्यवस्था गरिने जनजाती साँस्कृतिक तथा थारु गाँउ व्यवस्थापन समिति संयोजक बाबुराम थारुले हस्ताक्षरित सुचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *