खोजि गर्नुहोस..

बेलवामा एनआईएमबिको शाखा रहित बैकिङ्ग सेवा विस्तार


रावन विश्वकर्मा ।


नेपाल इन्भेष्टमेण्ट मेगा बैँक लिमिटेड(NIMB)ले बर्दियाको बेलवामा शाखा रहित बैकिङ्ग सेवा केन्द्र विस्तार गरेको छ । मेडिकल व्यवसायि अमृत कुमार बुढालाई व्यवसायिक प्रतिनिधी नियुक्त गर्दै बैंकले बाँसगढी नगरपालिका ३ वेलवामा शाखा रहित बैंकिङ्ग सेवा केन्द्र विस्तार गरेको हो । बुधबार बाँसगढी नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राम चन्द थारु, वडा नं २ का वडा अध्यक्ष अर्जुन कुमार खड्का, वडा सदस्य गोपाल केसी, बरघर बलिराम थारु लगायतको उपस्थितिमा सेवा केन्द्रको उद्घाटन समेत गरिएको छ । बंैकिङ्ग सेवाको पहुचबाट केही टाढा रहेका बाँसगढी २ र ३ वडाका स्थानियलार्ई घर आगनमै बैंकिङ्ग सेवा दिने उदेश्यका साथ शाखा रहित बैकिङ्ग सेवा केन्द स्थापना गरिएको नेपाल इन्भेष्टमेण्ट मेगा बैँक लिमिटेड(ल्क्ष्ःद्य) बाँसगढी शाखा प्रबन्धक मोहन चौधरीले बताउनु भयो ।

शाखा केन्द्रको उद्घाटन कार्यक्रममा नेपाल इन्भेष्टमेण्ट मेगा बैँक लिमिटेड(NIMB) का केन्द्रिय प्रतिनिधी ट्रान्जेक्सन बैकिङ्ग डिपाटमेण्टका बुद्धिनाथ कार्कीले सेवा केन्द्रबाट दिईने सेवा सुविधिका बारेमा जानकारी दिनुभएको थियो । सेवा केन्द्रबाट व्यवसायिक प्रतिनिधिले बंैकले उपलब्ध गराएको विद्युतिय उपकरणको माध्यमबाट स्थानिय ग्राहकहरुको खाता खोल्न, नगद जम्मा तथा भुक्तानी दिन, खातामा रहेको रकम सोधपुछ र खाता विवरण प्रिन्ट गर्न, एक खाताबाट अर्को खातामा रकम हस्तान्तरण गर्न, कर्जाको साँवा तथा व्याज असुली गर्न, बिजुलीको बिल भुक्तानी, मोबाईल फोनको रिचार्ज सेवा लगायत अन्य बैकिङ्ग सेवा उपलब्ध गराईने कार्कीले बताउनु भयो ।

काठमाडौको दरबार मार्गमा केन्द्रिय कार्यालय रहेको नेपाल इन्भेष्टमेण्ट मेगा बैँक लिमिटेड(NIMB)को २ सय ६१ वटा शाखा, एक्टेन्सन काउन्टर ६४ वटा, एटिएम २ सय ५७ वटा र शाखा रहित बैंकिङ्ग सेवा केन्द्र १ सय १३ वटा सञ्चालनमा रहेका छन् । सेवा केन्द्रबाट प्रदान गरिने सेवा विश्वसनिय र भरपर्दो रहेकाले ढुक्कका साथ सेवा लिन समेत बैंकले सबैमा अनुरोध गरेको छ । त्यस्तै गेरुवा गाँउपालिका ४ नवज्योति बजारमा पनि नेपाल इन्भेष्टमेण्ट मेगा बैँक लिमिटेड(NIMB)को शाखा रहित बैकिङ्ग सेवा केन्द्रको सुभारम्भ गरिएको छ । नवज्योति बजारमा रहेको बैद्य एग्रोभेटका सञ्चालक राम चन्द्र चौधरीलाई व्यवसायिक प्रतिनिधि तोक्दै शाखा रहित बैंकिङ्ग सेवा केन्द्र सञ्चालनमा ल्याईएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *