खोजि गर्नुहोस..

३६ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री बितरण

पुस २ गते
बर्दियाको बाँसगढी ८ का ३६ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री बितरण गरीएको छ । एक्सन एड नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्रको आर्थिक सहयोगमा वडा नं ८ को त्रिभुवन मा.बि ककौरा, रामजानकी मा.बि.भैसासुर, पूर्णहिरा मा.बि.लक्ष्मणा र जनज्योति आ.बि.बेलौली गरी ४ वटा बिद्यालयका ३६ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री बितरण गरीएको हो ।

प्रति बिद्यार्थीलाई कापी, कलम, झोला र बिद्यालयको डे«स अनुसार सर्ट र पाइन्ट निशुल्क रुपमा बितरण गरीएको संस्थाका कार्यक्रम संयोजक जितराम चौधरीले बताउनु भयो । उहाँका अनुसार कक्षा १ देखि ५ कक्षा सम्मका प्रति बिद्यार्थीलाई दुई हजार २ सय ६३ र कक्षा ६ देखि १० कक्षा सम्मका प्रतिबिद्यार्थीलाई दुई हजार ४ सय ८८ रुपैँया बराबरको सामाग्री बितरण गरिएको छ ।

शैक्षिक सामाग्री वितरण कार्यक्रममा बोल्दै बाँसगढी नगरपालिका वडा न.८ का वडा अध्यक्ष तुलप्रसाद गौतमले संस्थाले गरिव, बिपन्न परिवारका बालबालिकाहरुलाई शिक्षामा गरेको सहयोग अत्यन्तै सरह्रनिय रहेको बताउनु भयो । त्यसको लागि संस्थालाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै साथ र सहयोग गर्न समेत आग्रह गर्नु भयो । संस्थाले मंगलबार पनि बाँसगढी नगरपालिका ९ मा पनि शैक्षिक सामाग्री बितरण गर्ने कार्यक्रम रहेको संस्थाका सहजकर्ता टिकाराम परियारले जानकारी दिनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *