पुस २ गते
बर्दियाको बाँसगढी नगरपालिकाले ५०प्रतिशत अनुदानमा सिचाईका लागि कृषि उपकरणहरु वितरण गरेको छ । बाँसगढी नगरपालिकाको ५० प्रतिशत अनुदानमा सोमबार १ सय ७८ वटा सिचाईका लागि आवश्यक विभिन्न उपकरण वितरण गरिएको हो । किसानहरुको मागको आधारमा छनौट गरी कृषि खेती गर्ने किसानहरुलाई पानी तान्ने उपकरणहरु बितरण गरीएको बाँसगढी नगरपालिका कृषि शाखाले जनाएको छ ।
उपकरणहरुमा पानी तान्ने मोटर १ सय ४७ वटा, पम्पसेट २७ वटा र ४ वटा समर्सिल मोटर कृर्षकहरुलाई वितरण गरिएको बाँसगढी नगरपालिका कृषि विकास शाखाका प्रमुख लाल बहादुर खड्काले जानकारी दिनु भयो । खड्काका अनुसार गत आर्थिक बर्ष २०७९।०८० मा नै कृर्षकहरुले माग फारम भरेका थिए ।
किसानहरुको माग अनुसार नगरपालिकाले ११ लाख र किसानहरुको ११ लाख गरी २२ लाख रुपँैयामा १ सय ७८ वटा पानी तान्ने बिभिन्न खाले उपकरणहरु बितरण गरिएको कृषि शाखा प्रमुख खड्काले बताउनु भयो ।